सत्यराज सिंह
बझाङ । बझाङ जिल्ला क्रिकेटको संघको अध्यक्षमा प्रविन्द्र धामी निर्विरोध चयन हुनुभएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट धामीकोे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा जोग बहादुर दौल्याल, सचिवमा सुरेन्द्र बहादुर सिंह र कोषाध्यक्षमा केन्द्र बहादुर विष्ट चयन हुनुभएको छ ।
आगामी ४ वर्षका लागि संघको नयाँ कार्यसमिति चयन भएको र यो कार्यसमितिले क्रिकेटको विकासका लागि पहल गर्ने अध्यक्ष धामीले बताउनुभएको छ । संघको सदस्यमा लोकेन्द्र बहादुर दौल्याल, देउपाल जप्रेल, हंस बहादुर धामी, कविराज बोहरा, दशरथ जप्रेल, निरनराम जोशी, हर्क बहादुर दौल्याल, जनक बहादुर धामी, लोकपाल दौल्याल, अभिर थापा र उमा पुरी रहनुभएको छ ।