को हुन् नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य (खुला)का उम्मेदवार सिंह ?

साइपालखबर संवाददाता

काठमाडौं । पत्रकार बसन्त प्रताप सिंहले अभिव्यक्ति स्वतन्त्रता र पेशागत हकहितका लागि नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य (खुला) पदमा उम्मेदवार दिएको बताएका छन् । १७ बर्षदेखि सुदुरपश्चिमको हिमाली जिल्ला बझाङमा बसेर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकार सिंह मोफसलमा पत्रकारीता गर्दाका चुनौती र अवसरहरुसंग परिचित छन् ।

‘म निर्वाचित भएको खण्डमा प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता, पत्रकारको पेशागत तथा सामाजिक सुरक्षा, क्षमता अभिबद्धीको र महासंघको संस्थागत गरिमा बढाउने खालका निति तथा कार्यक्रमहरु तयार गर्नका लागि योगदान गर्ने योजना बनाएको छु,’ उनी भन्छन्, ‘यसर्थ तपाईको अमुल्य मत मलाई दिनुहुने छ र तपाईको सम्पर्कमा रहेका साथीहरुलाई मलाई मतदान गर्न प्रेरित गर्नु हुने छ भन्नेमा आशा गर्दै एक क्रियाशिल श्रमजिवीलाई नेतृत्वमा पु–याउनका लागि अभियान चलाई दिनु हुन विनम्र अनुरोध गर्दछु ।’

यही चैत २५ मा हुन लागेको नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी दिएका पत्रकार सिंहको मतदान पत्र क्रम संख्या ११ छ । उनलाई देशैभरका मतदाताहरुले भोट लगाउन पाउँछन् ।

को हुन् पत्रकार सिंह ?
उनी हाल कान्तिपुर दैनिक, रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनका लागि बझाङ जिल्ला संवाददाता छन् । यसअघि उज्यालो ९० नेटवर्क, नेपाल टेलिभिजन, नेपाल समाचार पत्र, राजधानी दैनिक, रेडियो सेती, साथी पत्रिकामा विभिन्न पदमा र जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

उनले बिशेषगरी गहन, खोजमुलक, फिचर तथा समाचार लेखनमा उत्कृष्ट पत्रकारको छवि बनाइसकेका छन् । उनका हाल सयाैंकाे संख्यामा फिचर, खाेज स्टाेरी, भिडियाे र अडियाे समाचार प्रकाशन, प्रसारण भैसकेका छन्। उनका हरेक समाचार मानवीय चासोका हुने गर्छन् ।


उनी हालै बहुप्रतिष्ठित नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित ‘इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०२०)’ बाट सम्मानित भएका व्यक्ति हुन् । भने यस अघि नै राष्ट्रिपतीले प्रदान गर्ने जनसेवाश्री पदकबाट समेत विभुषित भइसकेका छन । यसैगरी शिक्षा पत्रकारिता पुरस्कार, दुई पटक कान्तिपुर उत्कृष्ट जिल्ला संवाददाता, फेडवासन पत्रकारिता पुरस्कार, वीरेन्द्र कुमार साह क्रियाशिल पत्रकारिता पुरस्कार, कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार लगायत दर्जन बढी जिल्ला तथा केन्द्र स्तरका सम्मान पाइसकेका छन् । पत्रकारितामा उनको क्रियाशिलता, सामाजिक, राजनीतिक विकृति, कुशासन, अनियमितताविरुद्धको कलम प्रशंसनीय छ ।

उनी दृढ संकल्प, इच्छाशक्ति र मेहनतका पर्याय हुन्। नेपालको पत्रकारितामा अझैपनि उपत्यका बाहिरका जिल्लालाई मोफसल दृष्टिले हेरिन्छ । तर उनले सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा बसेर पनि मोफसल दृष्टिकोणलाई चिर्न सकेका छन् ।

०६० तिरको कुरा हो । उनी, स्थानीय जयपृथ्वी क्याम्पसमा स्नातक पढिरहेका थिए । उनलाई ६ महिना अघि स्थापना भएको स्थानीय साइपाल रेडियोका तत्कालिन् प्रबन्ध निर्देशक सोनु सिंहले कार्यक्रम चलाउन प्रस्ताव राखे । उनले सहजै स्विकारे । साइपाल रेडियो सुदुरपश्चिमकै पहिलो रेडियो थियो । उनले त्यहाँ कार्यक्रम उत्पादक र सञ्चालक भएर काम गरे ।

०६१ मा स्थानीय पत्रकारहरुसंग मिलेर ‘साथी पाक्षिक’ प्रकाशन गर्ने सल्लाह गरे । उनीहरुसंग बजेट थिएन । मिडियालाई विज्ञापन दिने चलन सुरु भएकै थिएन । उनीहरुले टिम भित्रकै एकजना महिला सहकर्मीको एकतोला सुन २० हजारमा धरौटी राखेर बजेट व्यवस्थापन गरेर प्रकाशन सुरु गरे । जुन चाहि बझाङमा छापा माध्यमको पहिलो थियो । जतिबेला बझाङका स्थानीयले छापा माध्यमका रुपमा गोरखापत्र मात्रै चिन्थे ।


बझाङ सदरमुकाम चैनपुरमा पे्रसको सुविधा नभएकाले धनगढी पुगेर छपाइ गर्नुप¥थ्यो । चैनपुरलाई बाहिरी जिल्लासंग जोड्ने यातायात सुविधा सहज थिएन । उनीहरुको टोली कापीका पानामा समाचार लेखेको कागज बोकेर छपाइका लागि धनगढी पुग्थे । फर्कदा छापेको ३०/४० केजी पत्रिकाको भारी पिठ्युमा बोकेर डोटीको सिलगुढी हुदै खप्तडको बाटो भएर चैनपुर आइपुग्थे । दुईदेखि तीनदिन लाग्थ्यो ।

पाक्षिक भएपनि जिल्लामा राम्रो प्रभाव थियो । तत्कालिन समयमा सुदुरपश्चिमका लोकप्रिय पत्रपत्रिका ३००–५०० प्रति छपाइ हुन्थ्यो ।
साथी पाक्षिक ५,००० प्रति छपाइ गर्थे । बझाङका ४७ वटै गाविसमा पुग्थ्यो । जिल्लाभित्रै पत्रिका प्रकाशनका लागि आवश्यक पुर्वाधार अभावको दुःख र सास्तीको पाटो छदैथियो । त्यो भन्दा बढि पाठकको माया थियो ।

‘पाठकहरु १५ दिनमा प्रकाशन हुने पत्रिका कहिले आइपुग्ला भन्ने पर्खाइमा हुन्थे,’ बसन्त विगतलाई सम्झदै भने, ‘पत्रिका भनेको गोरखापत्र मात्रै हो भन्ने आममान्छेको सोचाइ थियो, गोरखापत्र बेग्लै हो, साथी बेग्लै पत्रिका हो भन्ने परिचय दिन सकेका थियौ ।’ जुन बझाङको पत्रकारितामा व्यवसायिकताको सुरुवात थियो । तत्कालिन एकाधिकार जमाएका सरकारी सञ्चारमाध्यमसंगको प्रतिस्पर्धा थियो ।

देश त्यतिबेला द्धन्द्धको क्लाइमेक्समा थियो । पत्रकारहरु राज्य पक्ष र तत्कालिन विद्राहीपक्षको चेपुवामा थिए । साइपाल रेडियो नजिकै नेपाली सेनाको ब्यारेक बस्थ्यो । एकदिन रेडियोको ढोका बाहिरबाट ताल्चा लगाएर भित्र विद्रोही पक्षका मान्छेको अन्तरवार्ता लिए । अन्तरवार्ता लिसक्दा सेनाले रेडियो घेरिसकेका थिए । जुन घटनापछि साथी पत्रिकाको कार्यालयमा सेना र प्रहरीका एक/एक जना सुराकी दैनिक खटाइन्थे ।
स्थानीय पत्रकारितामा जग बसालिसकेका उनले ०६३ मा तत्कालिन राजधानीको ‘नेसनल मिडिया हाउस’ संग जोडिन पाए । राजधानी दैनिकमा बझाङ संवाददाता भएर काम गर्न थाले । यसले गर्दा उनको पत्रकारितामा निखारता थप्न सहयोग पुगेको थियो । धनगढी, नेपालगञ्जका पत्रपत्रिका, काठमाडौका एक दर्जन बढि सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।


पत्रकारितामा ‘पपुलारिटी’को कमी थिएन उनलाई । तर आर्थिक अभाब र कामको दबाबले बेला बखत पिरोल्थ्यो । चैनपुरकै एक होटलमा खानाको पैसा तीन बर्षपछि मात्रै तिर्न सकेको याद छ । पत्रकारिताको दुःखले छोड्ने मोडमा पु¥याउथ्यो तर छोड्न पनि सक्दैनथे । पत्रकारिता एकखालको नसामा परिणत भैसकेको थियो । जब उनले कान्तिपुर दैनिकमा काम गर्ने अवसर पाए उनलाई पत्रकारितामा टिकिरहने साहस दियो ।
उनी अचेल देशभर घुमन्ते पत्रकारका नामले परिचित छन् । बझाङका कुनाकन्दरा चहारेका छन् । समाचार खोज्दै देशभरीका विभिन्न स्थानमा पुगेका छन् ।