छोरीको जन्मदिनमा धुर्मुस सुन्तली फाउण्डेशनलाई जोशी दम्पती गरे–आर्थिक सहयोग

बझाङ–जनस्तरबाट निर्माण भई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि बझाङका जोशी दम्पतीले छोरी ग्लोरिशाकोे जन्मदिनको अवसरमा दश हजार रुपैया सहयोग गरेका छन् । उनले मोवाईल बैकिङ्ग मार्फत सहयोग गरेका हन् । जयपृथ्वी नगरपालिका ७ सुवेडाका जोशी दम्पती लक्ष्मी जोशी जिल्ला अदालत बझाङमा डिट्ठा पदमा कार्यरत छन,् भने पंकजा जोशी धनगढी उपमहानगर पालिकामा कैलालीमा महिला विकास अधिकृतमा पदमा कार्यरत छन् । आप्नो सानो आर्थिक सहयोगले जनस्तरबाट निर्माण भई रहेको रङ्गशाला निर्माणमा सहयोग पुगोस् भन्ने सोचले छोरी ग्लोरिशाकोे जन्मदिन पारेर सहयोग गरेको जोशी दम्पतीले बताएका छन् ।