देवल विमानस्थलमा चेनलिंक फेन्सका लागि एक करोड ३२ लाख बजेट विनियोजन

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ: नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७९÷०८० का लागि कुल चार अर्ब ८५ करोड रूपैयाँ बजेट ल्याएको छ । यसमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको स्तरोन्नति, टर्मिनल भवन निर्माण लगायत संरचना निर्माण प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्राधिकरणले धावनमार्ग विस्तार, ट्याक्सी–वे ओभर–ले र विमानस्थल सुदृढीकरण गर्न मुलुकभर सञ्चालनमा रहेका विभिन्न विमानस्थलका लागि बजेट छुट्याएको छ ।

जसअनुसार बझाङको देवल विमानस्थलमा चेनलिंक फेन्सका लागि एक करोड ३२ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *