८० बर्षमा नागरिकता

बझाङ

आशिषबहादुर सिंह 
बझाङ । बित्थड चिर गाउँपालिका– ५ की ८० वर्षीया खुरखुट्टीदेवी महरले नागरिकता पाइन् । शारीरिक रुपमा अपाङ्ग भएकी उनलार्इ प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उनकै घरमा पुगेर नागरिकता थमाए ।

महरको घरमा एक छोरा र बुहारी पनि छन् तर आर्थिक अभाव र यातायातको पहुँच नभएका कारण नागरिकताबाट वञ्चित हुन परेको थियो ।

उनले करिब २० वर्ष अगाडि श्रीमान गुमाउनु परेको थियो । एकल महिला त्यसैमा जन्मदेखि नै अपाङ्ग भएकाले सरकारकाे सहयाेग पाउनु  ‘आकाशको फल आखा तरि मर’ भने जस्तै भएकाे छ ।

सरकारले एकल महिला अपाङ्ग जेष्ठ नागरिकलाई भत्ता दिने कार्यक्रम ल्याएपनि गरिबीकाे रेखामुनि रहेका कारण भत्ता पाउन नसकेको बुहारी जानकी देवी महर बताउछिन् ।

प्रजिअ सुनार बझाङ जिल्ला आएको करिब एक महिना भित्रै गाउँमै पुगेर नागरिकता दिलाउनु निकै उपलब्धि भएको स्थानीयको भनाइ छ । सुनारले चैनपुरदेखी करिब ९० किलोमिटर टाढा रहेको गाउँमा गएर नागरिकता दिन पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रया दिए।

महरजस्तै अपाङ्ग, महिला, जेष्ठ नागरिकले नागरिकता बनाउन छुटेकालाई गाउँबाटै नागरिकता दिने उद्देश्यले गाउँपालिकामा नागरिकता वितरण टोली ल्याएको गाउँपालिका अध्यक्ष प्रेम बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *