चैतभित्र प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने ‘विप्लव’काे चेतावनी

राजनीति

काठमाडौँ । सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै उसले नभए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएकाे छ ।

सोमबार महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जारी गरेकाे वक्तव्यमा पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्।वक्तव्यमा ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आम हड्तालको तयारी’ समेत भनिएको छ।

सरकारले गत फागुन २८ मा चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो।त्यसयता सरकारले चन्दका कार्यकर्तामाथि निगरानी बढाएकाे छ। गत शुक्रबार मध्य क्षेत्रीय कमाण्डर हेमन्तप्रकाश वली ‘सुदर्शन’सहितका कार्यकर्ता पक्राउ परेका थिए। आइतबारकोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ परेकाथिए। यस्तै नवलपरासी, भाेजपुर लगायतका जिल्लामा पनि चन्दका कार्यकर्ता पक्राउ परेका छन्।

बुधबारदेखि चरणबद्ध आन्दाेलन घाेषणा गर्दै शनिबार नेपाल बन्द आह्वान गरेकाे छ।बुधबार देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने महासचिव ‘विप्लव’ द्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ।

१९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ।

सरकारले भनेचन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *