बझाङ : विघटित प्रतिनिधिसभा पुनः स्थापना र जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार जनसभा गरेको छ ।
सभाअघि नेकपा (एमाले) जिल्ला कमिटी बझाङका अध्यक्ष दिल बहादुर भण्डारी लगायत नेताको अगुवाइमा र्याली आयोजना गरिएको थियो । सभामा बझाङका १२ वटै पालिका कमिटीका अगुवा कार्यकर्ता सहभागी रहेका थिए ।
