जनताको घरदैलोमा पुगेर सुझाव र विश्वास बटुल्दै एमाले नेता महर

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर पछिल्ला दिनमा गृह जिल्ला बझाङका गाउँगाउँमा सक्रिय छन् ।

देशभर जेनजी आन्दोलनपछि नेतृत्व, नीति र राजनीतिक दिशाबारे बहस भइरहेका बेला महर भने नाराभन्दा व्यवहारिक संवादलाई प्राथमिकता दिँदै जनताको बीचमा पुगेका छन् ।

कार्तिक ९ गतेदेखि उनले जयपृथ्वी नगरपालिका, थलारा,दुर्गाथलि, छविसपाथिभेरा र वित्थडचिर गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयहरूसँग प्रत्यक्ष संवाद गरेका गरिरहेका छन् । जनतासँगको भेटघाटमा विकास, रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता मुद्दा प्रमुख रूपमा उठेका छन् ।

दुर्गाथलि गाउँपालीका-७ का प्रेम मोरले भने, ‘हामीले नेताहरूलाई चुनावको बेला मात्रै देख्थ्यौं । तर महरज्यू बेला–बखत गाउँमै आइपुग्नु हुन्छ, यसले हाम्रो आवाज सुन्ने भरोसा जगाएको छ । हामीले अघिल्लो निर्वाचनमा पनि सहयोग गरेका हौ । तर सफल भएनौ । हामीले आशा मारेका छैनौ । महर प्रति हाम्रो अटुट विश्वास छ ।’

जनतासँगको भेटघाटका क्रममा स्थानीयहरूले नेता महरलाई बझाङका सडक, खानेपानी र विद्युत् समस्यासँगै युवाको वैदेशिक रोजगारीमा निर्भरता, कृषिमा नयाँ सोच र स्थानीय उद्यमको आवश्यकता बारे पनि ध्यानाकर्षण गराए ।

जनताको सुझाव सुनेपछि नेता महरले भने, ‘जनताको विश्वास नै मेरो ऊर्जा हो । परिवर्तनको शुरुवात जनताबाटै हुन्छ, म त्यसैको प्रतिनिधि बन्न चाहन्छु ।’ उनले अहिलेको राजनीति नाराभन्दा व्यवहारिक परिणाममा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

दुर्गाथली गाउँपालिका-५ कि गालु जप्रेलले भनिन्, ‘ऐन महर गाउँमा आउँदा हामी आफ्नै मान्छे फर्किएको महसुस गर्छौ । उहाँको बोली र व्यवहारले जनतामा विश्वास थपेको छ ।’

स्थानीय नेताहरूका अनुसार महरको भेटघाट अभियानले बझाङमा एमालेको संगठन सुदृढ भएको र जनतामा नयाँ उत्साह थपिएको छ ।

महरको व्यवहारिक शैली र जनतासँगको निकटता बझाङमा एमालेको राजनीतिक उपस्थितिलाई अझ बलियो बनाइरहेको उनीहरुको भनाई छ । जनता भेटघाटमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज संसार खड्का, जिल्ला अध्यक्ष धिरेन्द्र सिंह र स्थानीय पार्टी कार्यकर्ताको पनि सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *