बझाङ– १६ गते मंगलबार दिउसो गएको ६.३ म्याग्निच्यूडको भुकम्प पछि बझाङमा निरन्तर साना ठुला पराकम्प जाने क्रम जारी छ । भुकम्पको त्रासले रात, खुला आकास, सडक, चौरमा कटाएका स्थानियहरु आफ्नो घरमा पस्न सकेका छैनन । अधिकांस घरहरु भुकम्पले चर्किएको र निरन्तर पराकम्पनहरु आइरहेको कारण स्थानियहरु घर भित्र सुत्न डराइरहेका छन ।
‘पाँच दश मिनेटको फरकमा धर्ती हल्लेको हल्यई छ । घरहरु चर्किएका छन । भित्र बसौं भने कुन बेला भत्किने हो भन्ने डरले बाहिरै बसेका छौ सदरमुकाम चैनपुरकी बासिन्दा अनिता शाहीले भनिन ‘केटाकेटीहरुले डरले राम्रो सँग खाना खान पनि सकेका छैनन । सबैको विजोग छ । रातभर चिसो भुई र खुला आकासमा सुत्नु परेका कारण बालबालिका र बृद्धबृद्धाहरु चिसो लागेर विरामी हुन थालेको उनले बताईन ।
भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार १६ गते दिउसो २ बजेर ४० मिनेट देखी बझाङ सदरमुकाम र आसपासका ठाउलाई केन्द्र बनाएर ५ सय १३ पराकम्पहरु गएका छन । यस विचमा एक पटक ६.३ म्याग्निच्यूड, चार पटक पाच म्याग्निच्युड भन्दा माथी र सात पटक चार म्याग्निच्युड भन्दा माथीको भुकम्प गएको र अन्य पराकम्पहरु चार म्याग्निच्युड भन्दा कमको रहेको मापन केन्द्रका प्रमुख बलबहादुर तामाङले बताए ।
भुकम्पबाट प्रभाबित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाबाट तलकोट गाउँपालिकामा १ सय २० परिवार परिवार छविसपाथिभेरा गाउपालिकामा १ सय ४६ परिवार जयपृथ्वी नगरपालिकामा १ सय १६ परिवारलाई राहात बितरण गरेको रेडक्रस शाखाका शाखा अधिकृत श्याम नेपालीले जानकारी दिए । त्यस्तै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को आर्थिक सहयोगमा र नेपाल रेडक्रसको बझाङको साझेदारीमा मष्टा गाउपालिका र जयपृथ्वी नगरपालिकामा गरी २सय ८५ परिवारलाई त्रीपाल २ सय ८० परिवारलाई सोलार बती ११ सय ११ जना गर्भवती,सुत्केरीर दुई बर्षमुनिका वालवालिकाका आमालाई डिगनिटी किट र ३
सय १ जना किशोरीलाई किशोरी किट बितरण गरिएको UNFPA का बझाङ जिल्ला संयोजक धन बहादुर लम्सालले बताए । उनले भने भुकम्प प्रभावित महिला, किशोरी वालवालिकालाई सहजताकालागि प्रजनन् स्वास्थ्य सामाग्राी र अन्य राहातसंगै मष्टा गाउपालिका वडा नं १ कोटदेवल र ६का स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा सहजताका लागि टेन्ट स्थापना गरेर स्वास्थ्य सेवा संचालनमा ल्याएको र कोटदेवल स्वास्थ्य चौकी,रिलु र जिल्ला अस्पताल बझाङलाई प्रजनन् स्वास्थ्य सामाग्री ५ सेट बितरण गरेको र राहात वितरण गर्नेकाम जारी रहेका उनले बताए ।