बझाङ : बझाङको तलकोट गाउँपालिका–स्थित दातोला क्षेत्रमा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति करिब १ : ८ बजे ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
यस भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा समेत महसुस गरिएको छ । यद्यपि, अहिले सम्म भौतिक वा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
रातिको समयमा गएको भूकम्पले त्रसित भएर स्थानीयवासीहरू घरबाहिर निस्किन बाध्य भएका थिए ।
