१५१ औँ विश्व हुलाक दिवसको अवसरमा बझाङमा बिरामीलाई फलफुल वितरण

प्रदेश बझाङ समाचार सुदुरपश्चिम स्वास्थ्य / जीवन शैली

बझाङ : १५१ औँ  विश्व हुलाक दिवस २०२५ को अवसरमा जिल्ला हुलाक कार्यालय बझाङले बिहीबार जिल्ला अस्पताल सिमखेतमा बिरामीहरूलाई फलफुल वितरण गरेको छ ।

दिवसको अवसरमा हुलाक कार्यालयले जिल्ला अस्पताल सिमखेतमा उपचाररत २४ जना बिरामीलाई फलफुल वितरण गरेको हो । यसअघि असोज २१ र २२ गते कार्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

जिल्ला हुलाक कार्यालय बझाङकी खरिदार सुनिता भण्डारीका अनुसार विश्व हुलाक दिवसको अवसरमा जनतासँगको पहुँच र सेवाको भावना बढाउने उद्देश्यले बिरामीहरूलाई फलफुल वितरण गरिएको हो ।

कार्यक्रममा जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहरा सहित हुलाकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । विश्व हुलाक दिवसको अवसरमा असोज २१ गतेदेखि देशभर विभिन्न सामाजिक तथा जनमुखी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *