बझाङ –नेकपा एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रमानन्द उपाध्याय सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा सम्पन्न भएको नेकपा एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको १२ औ सम्मेलनबाट अध्यक्षमा रमानन्द उपाध्याय निर्वाचित हुनुभएको हो ।
त्यसैगरी मञ्चको उपाध्यक्षमा भुमिका कुँवर र विकास बोहरा, सचिवमा सन्तोष सिंह, कोषाध्यक्षमा सुरज रावल र सह–सचिवमा सचिन बोहरा निर्वाचित हुनु भएको छ ।
सम्मेलनबाट २३ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएकोे आयोजकले बताएको छ ।
