बझाङ जिल्ला खेलकुद समितिले ४ पालिकामा खेलकुद समिति मनोनीत गर्यो

बझाङ :बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको छ ।

बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र थलारा गाउँपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला“ ले बताए ।

जसमा खप्तडछान्ना गाउँपालिकाको खेलकुद समितिको अध्यक्षमा भीम बहादुर रोकाया, सदस्यमा टिकाराम गिरी, मेखराज रावल सन्जुदेवी भण्डारीलाई मनोनित गरिएको छ ।

त्यस्तै दुर्गाथली गाउँपालिका खेलकुद समितिको अध्यक्षमा दिनेश बहादुर थापा, सदस्यमा ऐन बहादुर दौल्याल, जोग बहादुर दौल्याल, सरिता कुमारी कडायत (थापा) लाई मनोनित गरिएको छ ।

साईपाल गाउपालिका खेलकुद समितिको अध्यक्षमा रन्ध्वज धामी, सदस्यमा फकिर बोहरा, गोरखनाथ बोहरा, झरना कुमारी बोहरा र थलारा गाउँपालिका खेलकुद समितिको अध्यक्षमा लोकेन्द्र चौहान, सदस्यहरुमा पदम गिरी, रमेश मिजार, दुर्गा देवी खड्कालाई मनोनित गरेको हो ।

मनोनित भएका पालिकाका खेलकुद समितिका अध्यक्षहरुलाई माघ ३ गते बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला“ ले शपथ खुवाउने र सदस्यहरुलाई त्यसै पालिकाका खेलकुद समिति अध्यक्षले शपथ खुवाउने भएका छन ।