अनेरास्ववियु बझाङको संयोजकमा पुस्कर दौल्याल चयन

बझाङ समाचार

बझाङ । अनेरास्ववियु बझाङको संयोजकमा पुस्कर दौल्याल चयन हुनुभएको छ । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियु जिल्ला कमिटि बझाङको संयोजकको जिम्मेवारी दौल्यालले पाउनुभएको हो । अनेरास्ववियु जिल्ला कमिटिको बैठकले दौल्याललाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । निवर्तमान अध्यक्ष दिल बहादुर खातीले दौल्याललाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । जिम्मेवारी हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष खातीले आफ्नो कार्यकालभरी सहयोग गर्नुहुने अग्रज विद्यार्थी नेता, पार्टीका नेता, लगायत सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक आभार व्यक्त गर्दै संयोजक चयन हुने दौल्याललाई बधाई ज्ञापन गर्नुभयो । निवर्तमान अध्यक्ष खातीले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्जको जिममेवारी पाएपछी दौल्याललाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *