जनक कुमार खड्का-बझाङ । उधोग बाणिज्य संघको १७ औँ साधारण सभा तथा पाचौँ जिल्ला अधिवेशन सुरुभएको छ । आज शनिबार बझाङको सदरमुकाम चैनपुरमा अधिवेशन उद्घाटन गरिएको हो । पाँचौ अधिवेशनको जिल्ला समन्वय समिती प्रमुख नरबहादुर बोहराले समन्वयको सभाहलमा उद्घाटन गर्नु भएको हो । उधोगबाणिज्य संघको ३ बर्षमा अधिवेशन हुने प्राप्धान भएपनी कोरोनाका कारण र अन्य कारणले बझाङमा ५ बर्ष पछी अधिवेशन भएको छ । अधिवेशन उद्घाटनमा बोल्दै जिल्लाका व्यापारीहरुले व्यापारीका समस्या बुझ्ने नेतृत्व उधोगबाणिज्यसंघको नेतृत्वमा आनुपर्ने र आगामी बर्षको उधोगा बाणिज्य संघले व्यापारीको हितमा खाका, योजना तयार पार्नुपर्ने मा जोड दिए ।
साथै उक्त कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पत्रकार र उधमी व्यवसायीहरुको उपस्थिति रहेको थियो । अधिवेशनले उधोगबाणिज्य संघको नयाँनेतृत्व चयन गर्ने छ । त्यसका लागि यसपाली अघिल्लो अधिवेशनको जस्तो चुनाव नगरेर सहमती, सहकार्यबाट नयाँ नेतृत्व चयन गर्ने उधोगबाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलिले बताउनुभयो । अहिले अधिवेशनको बन्द सर्त सुरु भएर नेतृत्व चयनका लागि छलफल भैरहेको उहाँको भनाई छ ।
बझाङ उधोगबाणिज्य संघमा १ हजार ३ सय ९२ जना मात्रै साधारण सदस्य रहेको उधोगबाणिज्य संघका कार्यालय सचिव मिन बुढाले बताउनुभयो ।
