बझाङ । बझाङकाे सदरमुकाम चैनपुरमा रूपान्तरण साथी शिक्षकलाई १२ दिने रूपान्तरण तालिम सुरू भएकाे छ । बझाङमा संचालित युएनएफपिएकाे आर्थिक सहयाेग, भिएसओ र पिसिवनद्वारा सञ्चालित लैङ्गिक हिंसा राेकथाम तथा प्रतिकार्य परियाेजना मार्फत तालिम सुरु भएको हाे ।
तालिममा बझाङका ४ जना, बैतडिका ९ जना साथी शिक्षकहरूको सहभागिता रहेको छ । दुबै जिल्लाका परियाेजना लागुभएका पालिकाका विध्यालयमा रूपान्तरण कक्षामा सहभागी हुने भाइ बहिनीहरू लाई गएर सहजिकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरीएको पिसविनका जिल्ला जिल्ला संयाेजक भुवन बहादुर सिंहले बताए।
तालिममा किशाेरकिशाेरी अवस्थामा सिकाई आदान प्रदान, आई परेका चुनौतीहरू र समस्याका उपाय, सफलताका कथाहरू सङ्कलन, खर्च र बचत, नागरिक सहभागिता लैङ्गिकतामा आधारित हिंसा, यौन तथा प्रजनन स्वास्थ्य आदिका विषयबस्तुमा छलफल गरिने बताईएको छ ।
साथै तालिममा यौन तथा प्रजनन स्वास्थ्य,महिनावारी, महिनावारी चक्र र महिनावारीको समयमा सरसफाइ , व्यवस्थापन,हिंसा र हिंसाका प्रकार, राम्रो र नराम्रो दुर्व्यवहार, साइबर क्राइम बाल विवाह, यौनजन्य हिंसा सम्बन्धी कानुनी उपचारको बारेमा छलफलमा गरिने तालिमकि सहजकर्ता देवकि सिंहले बताइन् ।
रूपान्तरण कार्यत्रम बैतडिका दशरथचन्द्र नगरपालिका र पाटन नगरपालिका गरि दुई पालिकाका १० विध्यालयका २ सय जना किशाेर र २ सय जना किशाेरी र बझाङका जयपृथ्वी नगरपालिका र वित्थडचिर गाउँपालिका गरि दुइपालिकाका १० विध्यालयका २ सय जना किशाेर र २ सय जना किशाेरी रूपान्तरण कक्षामा सहभागी रहेका छन् ।
कार्यत्रम उद्घाटनमा बाेल्दै युएनएफपियका बझाङ जिल्ला कार्त्रम संयाेजक धन बहादुर लम्सालले तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गरेर विध्यालयका रूपान्तरण कक्षामा समेत उक्त कुरा साथी शिक्षकहरूले सिकाउनेमा आफू विश्वस्त रहेकाे बताए ।
