राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

जनक कुमार खड्का- बझाङ । राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा बझाङले १८ औं स्थापना दिवस मनाएको छ । आज स्थापना भएको अवसरमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा बझाङले जिल्ला अस्पताल बझाङमा रहेका विरामीहरुलाई फलफुल वितरण गरि स्थापना दिवस मनाएको हो । जिल्ला अस्पतालमा रहेका २५ जना विरामीहरुलाई फलफुल र जुस वितरण गरिनुका साथै विरामीहरुको स्वास्थ्यलाभको कामना गरिएको राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष नरजित खड्काले जानकारी दिनुुभयो ।

खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा. नवराज जोशी (जैशी), राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा बझाङका केन्द्रीय सदस्य जनकबहादुर सिंह, नेपाल निजामति कर्मचारी संगठन जिल्ला शाखा बझाङका अध्यक्ष दिनेश धामी लगाएतको सहभागिता रहेको थियो ।