स्काईवाक टावरका निर्देशकले वितरण गरे, एक सय ७५ विद्यार्थीलाई पोशाक

खेलकुद बझाङ सुदुरपश्चिम

बझाङ– जिल्लाको एक दुर्गम विद्यालयका विद्यार्थीलाई एक व्यक्तीले खेलकुद पोशाक वितरण गरेका छन । छविस पाथीभेरा गाउँपालिका स्थित चन्द्रोदय माध्यमिक विद्यालयका सबै एक सय ७५ जना विद्यार्थीलाई स्थानिय तेज बहादुर सिंहले पोशाक वितरण गरेका हुन ।
काठमाण्डौंको कमलादीमा रहेको स्काई वाक टावरका निर्देशक सिंहले आफ्ना पिता संस्थापक रहेको विद्यालयका विद्यार्थीहरुलाई व्यक्तीगत लगानीमा पोशाक वितरण गरेको विद्यालयले जनाएको छ । ‘यो विद्यालयको संस्थापक उहाँका पिता श्री बहादुर सिंह हुनुहुन्छ’ विद्यालयका प्रधान अध्यापक चक्रप्रशाद रेग्मीले भने ‘पिता संस्थापक भएको विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारको लागि उहाँले व्यक्तीगत रुपमा निरन्तर सहयोग गर्दै आउनु भएको छ’ केही महिना अघि सिंहले व्यक्तीगत लगानीमा सबै विद्यार्थीहरुलाई टेवलको रुपमा पनि प्रयोग गर्न सकिने सुविधा युक्त स्कुल ब्याग वितरण गरेको उनले बताए । खेलकुद र अतिरिक्त क्रियाकलाप गर्दा विद्यार्थीलाई सजिलो हुने खालको पोशाक पाए पछि विद्यार्थीहरु खुशी भएको उनले सुनाए ।
अन्य जिल्लाका विभिन्न विद्यालयलाई पनि सहयोग गर्दै आइरहेका सिंहले आफ्नो गाउँको विद्यालयलाई सहयोग गर्न पाएकोमा आफुलाई सन्तुष्टी प्राप्त भएको बताए । ‘देशका अरु विद्यालयमा पनि विभिन्न खालको सहयोग गर्दै आएको छु । बुवाले स्थापना गरेको स्कुलका भाइवहिनीहरुलाई सानो भए पनि सहयोग होस भनेर खेल पोशाक वितरण गरेको हुँ’ उनले भने ‘दुर्गम र आर्थिक रुपले पछाडी रहेको त्यहाँका सबैले विद्यालय पोशाक किन्न नसक्ने भएकोले विद्यार्थीको खेल प्रति रुची बढाउन पनि पोशाक दिएको हुँ’

अधिवक्ता समेत रहेका उनले दुर्गम क्षेत्रका विद्यालयलाई सुधार्न थप सहयोग गर्ने बारे पनि आफुले योजना बनाईरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *