‘निर्वाचनमा मिडियाको भूमिका बढी महत्वपूर्ण’ : निर्वाचन सामाग्री बझाङ पुग्यो

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ: निर्वाचनमा मिडियाको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुने र आचारसंहिता विपरीत काम गर्ने दल तथा नेताहरूको बारेमा सुचना सार्वजनिक गर्नु पर्ने कुरामा वक्ताहरूले जोड दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बझाङको आयोजनामा आज सदरमुकाम चैनपुरमा आयोजित पत्रकारहरूलाई अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले निर्वाचनको मिति नजिक आइरहेको अवस्थामा दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएको र यसमा आचारसंहिता विपरीतका गतिविधितर्फ सञ्चारकर्मी तथा पत्रकारहरुको ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बझाङ जिल्लाका निर्वाचन अधिकृत विमल प्रसाद गौतमले बझाङमा अहिलेसम्म आचारसंहिता विरुद्ध काम गरेको अभियोगमा कुनै उजुरी नपरेको बताए ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत गौतमले निर्वाचन आचारसंहिताको बारेमा सञ्चारकर्मी तथा पत्रकारहरूलाई जानकारी दिदै निर्वाचनलाई सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए ।

नेपाल पत्रकार महासङ बझाङ शाखाका पुर्व अध्यक्ष जगदीस रोकायाले बझाङका सञ्चारकर्मी तथा पत्रकारहरूले आगामी निर्वाचनलाई सूक्ष्म रुपमा अध्ययन गरिरहेको र आचारसंहिता विपरीतका गतिविधि भएमा खरो रुपमा लाग्ने बताए ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गर्नका लागि मिडियाको भुमिका सबै भन्दा महत्वपुर्ण रहने र मतदान स्थल र मतदान केन्द्रमा खटिने कर्मचारीहरुको व्यवस्थापनलाई समेत महत्वका साथ हेरिएको बताए ।

साथै उनले संघ संगठनमा आवद्ध कर्मचारीहरुलाई निर्वाचनमा जिम्मेवारी दिएर नखटाउने बताउँदै मुख्य निर्वाचन कार्यालयबाट गरिने सुचना सम्प्रेषणमा आफु समन्वय र सहकार्य गर्ने बताए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले मंसिर ४ गते हुने निर्वाचन भनेको नितिनियम र कानुन बनाउने निर्वाचन भएकाले त्यसलाई सफल बनाउन सबैको उतिकै भुमिका रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले मतदान केन्द्र र मतदान स्थल व्यवस्थापन गर्नका लागी पालिकाका जनप्रतिनिधीहरुको महत्वपुर्ण भुमिका रहने भएकाले जनप्रतिनिधीहरुले पनि यसमा सहयोग गर्नका लागि समेत अनुरोध गरेका छन् ।

निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीको सम्वन्धित ठाउँमा पुर्याउने देखि मतदान सक्किसकेपछी मतपेटिका ल्याउने सम्मका लागि सुरक्षाको समेत व्यवस्था भैरहेकोे समेत प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लामा पुगिसकेको जानकारी दिएको छ ।

साथै जिल्ला भरी कार्तिक १८ गते देखि मतदाता शिक्षा कार्यक्रम मतदाताको घरदैलोमा गएर भैरहेको समेत जानकारी दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *