बझाङ : नेकपा एमाले बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार ऐन महरले मतदाताको एक मतले बझाङको भविष्य निर्माण गर्ने भएकाले हरेक मतको सही प्रयोग गर्न मतदाताहरुसँग आग्रह गरेका छन ।
आइतबार दुर्गाथली गाउँपालिकाको चुवावन, भलान्या, मौलाली, विजडा, ओलीगाउँ, थापागाउँ लगायतका ठाउँमा गरेको घरदैलोको क्रममा आफ्नो अमूल्य मतको सही सदुपयोग गर्न मतदातालाई आग्रह गरेका हुन ।
उनले मतदाताहरुलाई तपाईको एक मतले बझाङको भविष्य निर्धारण गर्ने हुँदा आफ्नो मतको सही सदुपयोग गर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार महरले मतदातासँगको भेटघाटको क्रममा जनताको सुखदुख र पिर मर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्न सुझाव दिए ।
गलत उम्मेदवारलाई मतदान गरेर पछुताउनुभन्दा समयमै सक्षम व्यक्तिलाई मतदान गर्न उनको आग्रह छ ।
आफ्नो क्षेत्रमा निरन्तर रहेर जनताका आवश्यकता एवम् समस्याहरुको सम्बोधन गर्न आफू सक्षम रहेको उनले बताए ।
आफुले बझाङको विकासको खाका र योजना बनाएको बताउँदै उनले त्यसलाई मुर्त रुप दिनका लागि मतदाताले मतदान गरेर सहयोग गर्नुपर्ने बताएका छन् ।
विकास प्रेमी जनताले आफ्नो काम र आफ्ना योजनाको विश्वास गरेर अवसर दिनेमा आफु विस्वस्त रहेको पनि नेता महरले बताए ।
घरदैलो अभियानमा जनताहरुमा उत्साह थपिएको एमाले नेता महेश जोशीले बताएका छन् । साथै धेरै जसो टोलहरुमा जनताहरुले पनि युवा नेतृत्व आउनुपर्ने धारणा राखेको नेता जोशीले बताए ।