साइपाल खवर
बझाङ । एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी बझाङ र राष्ट्रिय युवा संघ जिल्ला कमिटी बझाङले संयुक्त रुपमा अध्यादेशको विरोध गर्दै अध्यादेश जलाएको छ । दल विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शन सहित अध्यादेश जलाएका हुन् ।
बझाङको सदरमुकाम चैनपुरको पानकोटमा रहेको नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको अध्यादेशको विरोधमा नाराबाजी गर्दै शान्तिमार्ग रोड, जिल्ला प्रशासन कार्यालय, खुलामञ्च हुदै लोकतान्त्रीक चोकमा कोण सभामा परिणत भएको थियो ।
‘दल विभाजनसम्बन्धी विधेयक खारेज गर,’ ‘ परमादेशको कम्फर्टेबल सरकार मुर्दावाद’ लगायत विभिन्न नारा लगाएर अनेरास्ववियु र युवासंघले प्रदर्शन गरेको छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको अनेरास्ववियुका जिल्ला कमिटी सह – संयोजक दिल बहादुर खातीले बताए ।
नेकपा एमाले समर्थक अनेरास्ववियु केन्द्रिय कमिटीले बुधबार एक विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरे संगै बझाङमा पनि अनेरास्ववियु जिल्ला कमिटी बझाङले पनि भदौ ३ गते शैक्षिक संस्था अगाडि प्रदर्शन सहित अध्यादेश जलाउने र भदौ ४ गते सदरमुकाम चैनपुरमा वृहत विरोध प्रदर्शन सहित भण्डाफोर सभा गर्ने अनेरास्ववियु जिल्ला कमिटी संयोजक प्रविन्द्र धामीले बताए ।
