मेरो सहमती विना नै एमाले समाजबादी पार्टीको केन्द्रिय सदस्यमा  नाम राखियो: नेता जोशी

साइपालखवर

बझाङ ।
नेकपा एमाले विभाजन पछि माधव नेपाल समुहले दर्ता गरेको एमाले समाजबादी पार्टीको केन्द्रिय कमिटी सदस्यमा आफ्नो सहमति नलिई नाम राखिएकोमा एमाले नेता भानुभक्त जोशीले आफ्नो सहमति नरहेको बताउनुभयो ।
जोशीले आफु निरन्तर पार्टीको एकताको पक्षमा लागेको र अहिले पनि सोहि अनुसार लागेकाले माधव नेपाल समुहले एमाले समाजबादी पार्टीको केन्द्रिय कमिटी सदस्यमा आफ्नो नाम नसोधेर राखेकोमा असहमति जनाउनु भएको छ । सामाजिक संजाल फेसबुकमा जोशीले जिल्ला प्रदेश र शुभेच्छुकहरुको सल्लाह अनुसार नै आफु अगाडि बढ्ने जानकारी गराउनु भएको छ ।