एमालेको जिल्ला कमिटी बझाङको उपाध्यक्षमा कस्ले मार्ला बाजी ?

बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : नेकपा एमाले जिल्ला कमिटी बझाङको उपाध्यक्षमा २ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । बझाङको सदरमुकाम चैनपुर स्थित पार्टी कार्यालय पानकोटमा भइरहेको नेकपा एमाले जिल्ला कमिटी बझाङको ८औं जिल्ला अधिवेशनमा २ जनाले उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी बझाङको अध्यक्षमा दमन भण्डारी ८औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएका छन् । पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयतामा रहेको उपाध्यक्ष पदका लागि दुई  नेताले दाबी पेश गरेपछि केन्द्रिय सदस्यहरु अफ्ठ्यारोमा परेका छन् ।

जयपृथ्वी नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा जिल्ला कमिटी सदस्य र पेसागत संगठन अन्र्तगत शिक्षक संगठनमा दुई कार्यकाल जिम्मेवारी पाएका विरेन्द्र बहादुर खड्का उपाध्यक्षमा आकांक्षी देखिएका हुन ।

पार्टी विभाजनमा पार्टीलाई साथ दिएका पार्टी जिल्ला कमिटी उपाध्यक्ष समेत भैसकेका मोहनराज जोशी फेरी उपाध्यक्षका आकांक्षी देखिएका छन । जोशी २०७४ सालको निर्वाचनमा वडाअध्यक्ष समेत भएका थिए । अहिल खड्का र जोशी दुबै नेता कुनै गुटमा खुलेका छैनन् ।

सहमती गरेर अगाढी बढ्ने नेताहरुले बताए पनि सहमती भने अझै हुन सकेको छैन । अधिकांश प्रतिनिधीहरुले सबैलाई पालो दिनु पर्ने भन्दै खड्कालाई सहयोग रहने बताएका छन् । प्रतिनिधी बाहिरकाले भने अध्यक्षमा पुरानै व्यक्तिलाई ल्याएकाले उपाध्यक्षमा पनि पुरानै व्यक्ति आउन सक्ने अनुमान गरेका छन् ।

अझै पनि सहमतीको प्रयास भैरहेकाले निर्वाचन हुने नहुने टुङ्गो लागेको छैन् । तर उम्मेदवारहरु भने प्रचार प्रसार गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *