नेकपा एसका कार्यकर्ताले आलेलाइ भने- समिट एयरले सिन्डिकेट लगायाे, बन्द गर्दिनुस !

साइपालखबर

बझाङ । बझाङमा हवाइ सेवा बन्द गर्न नेकपा एकीकृत समाजवादी बझाङका एकजना नेताहरुले आग्रह गरेका छन् । बझाङ जिल्लामा केहि महिना देखी सेवा दिदै आएको समिट एयरलाइन्सले आफुहरु तथा आफ्ना पार्टीका मान्छेहरुलाई चढ्न सिन्डिकेट लगाएको भन्दै बझाङ जिल्लामा बाढी पहिरोले पु¥याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा संग बझाङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसंग कानेखुसी गर्दै बझाङमा समिट एयरलाइन्स बन्द गर्न आग्रह गरेका छन् ।

मन्त्री आलेसंग हिडिरहेका बेला नेताले उक्त कुरा राखेका थिए । मन्त्री आलेले पनी आफुले त्यो विषयमा बुझेर कुरा गर्ने बताएका छन् । जहाजको गतीवीधी बुझेर नियन्त्रण गर्न सकिने मन्त्री आलेले बताएका छन् । पहिरो पीडीत स्थानको अनुगमनका लागी प्रधानमन्त्री देउवा, अर्थमन्त्री शर्मा र संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री आले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन नगरि आकासबाटै फर्किएका हुन् । पानकोट ब्यारेकमा आएर तीन दलका  तीन नेताले आफ्ना कार्यकर्तासंग भेटघाटगरी फर्किएका छन् । तर मन्त्री आलेले भने जहाज नै बन्द गर्ने बारे आफुले सोच्ने बताएका छन् ।

बाढी पहिरो पीडितका पक्षमा कुरा राख्लान भन्ने आसा गरेका जिल्लाका पहिरो पीडीतहरू मन्त्री आलेले यतीबेला सेवा दिइरहेका समिट एयरको जहाज नै बन्द गर्न सकिने बताएपछी आक्रोसित भएका छन् । मन्ती आले यसअघीको ओली सरकारको बेला पनी कहिले रूखले कार्बन्डाइ अक्साइड दिन्छ, भनेर त कहिलै सात नं वाला गेयरको भाषण सुनाएर बिवादित हुदै आएका थिए ।