रिदम सिंह
बझाङ । लगातारको वर्षाका कारण बझाङ जिल्लामा ठुलो जनधनको क्षती भएको छ । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा अविरल वर्षाछपी पहिरोमा परी चार जनाको ज्यान गएको छ । खप्तड छान्ना गाँउपालिका वडा नं. ३ माझिगाँउका धर्म रोकाया र उहाँकी धर्मपत्नी रहेकी छन् । त्यसैगरी वडा न.. ५ कालुखेतीका विरु गिरी र उहाँकी धर्मपत्नी रहेकी छन् । लगातार परेको अविरल वर्षाका कारण घर बगाएपछी उनीहरुको पहिरोमा च्यापिएर मृत्यु भएको स्थानियले जनाएका छन् । खप्तडछान्ना गाँउपालिका मा अझधेरै क्षती भएको हुनसक्ने र गाँउपालिकामा संञ्चारसेवा अवरुद्ध भएका कारण विवरण आउन नसकेको स्थानिय पर्पल रोकायाले बताउनुभयो ।
यस्तै जिल्लामा बाढी र पहिरोका कारण ठुलो क्षेती भएको छ । जिल्लाको थलारा गाँउपालिका वडा नं. ४ डिख्ला गाँउमा गाँउमाथीबाट पहिरो खस्दा २३ जना वेपत्ता रहेका छन् भने ७ घर पूर्णरुपमा पुरिएको जिल्लाप्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । यस्तै जिल्लाभरी १७० परिवार विस्थापित भएका छन् ।
थलारा गाँउपालिका वडा नं. ४ डिख्ला गाँउमा पीडितहरुको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । घटना घटेको ३० घण्टापछीमात्र औषधी र राहत लिएर नेपाली सेनाको हेलिकप्टर प्राभावित क्षेत्रमा आइपुगेको छ । अहिले प्रभावितहरुलाई राहत वितरण तथा वेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
