गजमाईलको बाटो पडेस युवा समाजद्धारा मर्मत

साइपाल खबर

चैनपुर । जयपृथ्वी नगरपालिका वडा नं ३ पडेस गजमाईलको बाटो पडेस युवा समाजले सुधारर्नुुका साथै सरसफाइ गरेको छ । सडक सञ्जाल जोडिएपछि बन्द भएको गजमाईलको बाटो आज सरसफाइ गरीएको हो । सदरमुकाम चैनपुरमा अध्ययन गर्न जाने बालबालिकाहरु,कार्यालयमा जाने कर्मचारीहरु, आकस्मात बिरामी हुदा यातायातको साधन नपाएको खण्डमा छिटो छरितो अस्पताल पुर्याउने पुरानो बाटो भएकाले सरसफाइ गरीएको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताउनुभयो ।
भाडादर बढि भएको हुदा सबैले गाडि चढ्न सक्ने अबस्था नहुदा अझै पनि स्थानीय यो बाट नै प्रयोग गदै आइरहेको भएकाले कसैले पनि बाटो सुधार्न चासो नदिएपछि हिड्नु निकै समस्या परेकाले पडेस युवा समाज आफै सरसफाइ अभियानमा जुटेको हो ।
गजमाईल बाटोको माथि पानकोट मेलामा बाख्रा चराउन र महिलाहरुले घास काट्ने भएकाले ढुङगा खस्ने भएकाले काम पनि बन्द गरिदिन वडाबासिहरुलाई जानकारी गराइएको बिकास खड्रकाले बताउनुभयो । आज बाटोमा भएका ठुला ढुङ्गाहरु,दायाँबायाँ बोट बिरुवाको हाँगाहरु काटीएको ,भत्किएका सागुरो , चिप्लो र खाल्डा खुल्डि सफाइ गरीएको जनाएको छ । सरसफाइ कार्यक्रममा आउने सबै पडेसबासिलाई पडेस युवा समाजका अध्यक्ष पवन खड्काले धन्यबाद दिनु भएको छ । पडेस युवा समाजका सदस्य बिकास खड्काको जन्मदिन परेको हुदा यसरी सामाजिक कार्यमा संङगलन हुदा पाउँदा सारै खुसि भएको बताउनु भएको छ।
गाउँ समाजमा यस्तो सामाजिक कार्यमा सबैले हातेमालो गरी कुनै पार्टी र नेताको भरमा नपरि गाउठाउँमा राम्रो कामको लागि भुमिका खेल्नुपर्ने पडेस युवा समाजका सदस्य कलक जंग खड्काले बताउनुभयो ।