तमाम पेशाहरुको जननी शिक्षण पेशा र यथार्थता

शिक्षण पेशालाई अवलम्वन गर्ने ब्यक्ति नै शिक्षक हो । शैक्षिक तहका हिसावले हाम्रो पढाउने जिम्मेवारी बालकक्षा, आधारभूत, माध्यामिक वा विश्वविध्यालय जहाँसुकै पनि हुनसक्दछ, तर हाँमी सबै शिक्षक नै हौं ।

शिक्षण पेशालाई अवलम्वन गर्ने ब्यक्ति नै शिक्षक हो । शैक्षिक तहका हिसावले हाम्रो पढाउने जिम्मेवारी बालकक्षा, आधारभूत, माध्यामिक वा विश्वविध्यालय जहाँसुकै पनि हुनसक्दछ, तर हाँमी सबै शिक्षक नै हौं । हाम्रो कर्तब्य समुदाय बाट आएका वालवालिकाहरूलाई पढाउने नै होस व्यवहार, कला, ज्ञान, सिप, आदि जस्ता कुराहरु सिकाउने नै हो । त्यसैले, हाँमी जे हौं त्यहि गरौंस हाम्रो दायित्त्व जे हो त्यसैको परिपूर्तिका लागि लागौंस हाँमी जो जहाँ भए पनि कलात्मक बनौं, आफु सिकौं अरुलाई सिकाऔं र कुशल सभ्यताको परिचायक बनौंस यसैमा हाँम्रो कल्याण छ, होइन र ? शिक्षण पेशा तमाम पेशाहरुको जननी हो, आधारस्तम्भ पनि हो । बिध्यमान सबै पेशाहरुलाई यसले जन्माउँछ भन्दा मलाई गर्व लाग्छ । तर, कसरी रु यो नै आम चाँसोको कुरा हो । कतिपयले यसबारेमा बिचारै गर्दैनन् । कतिपयले शिक्षण पेशालाई दोस्रो दर्जाको नागरिकले गर्ने पेशाको रुपमा समेत चिन्दछन । तर त्यसो होइन । यस प्रकारको सोचाइ या त शिक्षण पेशा प्रतिको चेतना स्तर नै कम भएकाहरुले गर्दछन या बुझेर नि नबुझे झैं गर्नेहरुले मात्र गर्दछन । यस प्रतिको हेर्ने दृष्टिकोण आ(आफ्नै भएता पनि यथार्तमा यो मातृ पेशा नै हो । त्यसैले, हाँमीले यस बारेमा आफु प्रष्ट भइ अरुलाई पनि प्रष्ट्याउन सक्नु नै हाम्रो दायित्व हो । अव यस बारेमा थोरै भए पनि चर्चा गरौं । म बझाङ्मा कार्यरत क्याम्पस तहमा पढाउने एक जना शिक्षक हु । मलाई अध्यापन पेशामा संलग्न भएको झण्डै डेढ दशक जति भयो । कुरा सात्आठ बर्ष अगाडिको हो, म केहि कामको सिलसिलामा मेरो छिमेकि गाउँमा जाँदै थिए, बाटोमा मैले एकजना चिनजानका बुढा बा लाई भेटे । हाम्रो बिचको सामान्य भलाकुसारी पछि उहाँले सोध्नु भयो, ूमास्टरै छै कि बा केइ नौकरी पाइहेलि रुू अर्थात, ुतिमी शिक्षक नै छौ कि बाबु केहि राम्रो नोकरि गर्दैछौ रुु मैले उत्तर दिए, ूम मास्टरै छु बुवाू ।। । । यति कुरा गरेर हाँमी आ(आफ्नो बाटो त लाग्यौं तर उहाँको कुराले म मनमनै गुन्जिए, मन्थनीय । मैले गर्ने पेशाका बारेमा एकछिन अलमलीए पनि । फेरि सोचे म भन्दा तीन पुस्ता जेठा झैं लाग्ने ती बुढा बा ले जे भने ठिकै भने, किनकि उहाँको समयमा बुझाइ नै त्यहि थियो । हुन पनि हो, हाम्रा गाउँघर तिर अस्पतालमा काम गर्ने कार्यालय सहयोगिलाई डाँउडर (डाक्टर) साब भनिन्थ्यो, भन्छन पनि । कोहि नयाँ नौलो मान्छै लमक लमक गर्दै गाउँघर तिर आएछ भने ुहाकिम साब आए, हाकिम साब आएु भन्दै भक्ति भाव गर्दछन, गोठ गौ भरि पाँड (घरमा) मौ भरि भएको परिवारलाई सम्पन्न भन्छन, आदि आदि । म कल्पीय, आखिर त्यो बुढ्यौलि पुस्ताले मलाइ मास्टरकै नजरले हेर्नु र मैले अवलम्वन गरेको पेशालाई नोकरीका रुपमा नठान्नु के नै नौलो कुरा भयो र १ मैले यस बारेमा थप सोच्न आवश्यक ठानिन्, किन कि समाजको स्तर अनुसारको सोच बिचार र पुस्तान्तर पिच्छेको सामाजिक मुल्य र मान्यता स्वभावैले फरक पर्ने नै भयो ।

सुरुवाति अर्थात पूर्व प्राथमिक कक्षाहरुमा जव वालवालिकाहरु भर्ना हुन्छन त्यहि बाट उनीहरुको शैक्षिक यात्राको थालनि हुन्छ । अवोध वालक रुन्छ, शिक्षकले आँशु पुछि दिन्छस रिसाउछ, शिक्षकले फुल्याइपत्याइ सम्यम हुन सिकाउँछस जन्मदिने आमा–बाबा सम्झदै बिलौना गर्दा गुरुगुरूमाहरुले काखमा राख्दै न्यानो माया तथा स्नेह भावले सम्हाल्छन । शिक्षकहरुले गर्ने यी सबै ब्यवहारका कारण वालकले शिक्षालयलाई आफ्नो घर झैं तथा गुरुगुरूमाहरुलाई आफ्ना आमावुवा झैं माया गर्दछ ।

थाहै छ, हरेक समाज विविधता पूर्ण छ । समाजमा अनेकथरी पेशाव्यवसाय गर्ने मानिसहरु बसोबास गर्दछन । अब कुरा गरौं, आजको समाजमा आबद्द विविध पेशा कर्मीहरु जस्तै शिक्षक, कर्मचारी, डाक्टर, इन्जिनियर, पाइलट, न्यायधिस, पत्रकार, आदिका सुरुवाति विकासक्रमका आधारहरु के–के हुन त ? पहिलो कुरा त व्यक्तिहरुको परिवार नै हो जस्ले नवजात्वाल्यास्थामा बोलि–व्यवहार, आनिवानि, सामाजिक मुल्यमान्यता, आदि जस्ता कुराहरुमा अभ्यस्त गराउँदछ । दोस्रो कुरा शिक्षालयहरु नै हुन जहाँ हरेक ब्यक्ति वालक हुँदा औपचारिक रुपमा भर्ना भएर कार्यरत शिक्षकहरुको समिपमा रहि ज्ञानार्जनमा सरिक हुन्छन । सुरुवाति अर्थात पूर्व प्राथमिक कक्षाहरुमा जव वालवालिकाहरु भर्ना हुन्छन त्यहि बाट उनीहरुको शैक्षिक यात्राको थालनि हुन्छ । अवोध वालक रुन्छ, शिक्षकले आँशु पुछि दिन्छस रिसाउछ, शिक्षकले फुल्याइपत्याइ सम्यम हुन सिकाउँछस जन्मदिने आमा–बाबा सम्झदै बिलौना गर्दा गुरुगुरूमाहरुले काखमा राख्दै न्यानो माया तथा स्नेह भावले सम्हाल्छन । शिक्षकहरुले गर्ने यी सबै ब्यवहारका कारण वालकले शिक्षालयलाई आफ्नो घर झैं तथा गुरुगुरूमाहरुलाई आफ्ना आमावुवा झैं माया गर्दछ । अव सुरुहुन्छ उसको सिकाइ यात्रा । सुरुवातमा वालकलाई काखमा राख्दै आफ्नो दायाँ हातले उसको दायाँ हातमा भएको कलम सम्हाल्दै अ–आ…. क–ख………… आदि सिकाउँदछ । अवोध वालक खेल्दै, रमाउँदै सिक्ने भएकाले शिक्षकले बिचबिचमा मनोरन्जन समेत गराउँदछ । यसरी नै विध्यालयमा शिक्षकले पढाउदै तथा विध्यार्थीले पढ्दै दिन, हप्ता, महिना तथा बर्ष बित्दै जान्छन । अन्जान वालकलाई क्रमशः बोलिव्यबहार, सामाजिक मुल्यमान्यता, सँस्कार्सँस्कृति, आफुभन्दा सानालाई माया तथा ठूलालाई आदरसत्कार, आदि जस्ता कुराहरुमा अभ्यस्त गराईन्छ । वालकले ईच्छ्याएका व्यवहार तथा क्रियाकलापहरुमा उसलाई सरिक गराई सम्भाव्य सर्वाङ्गिण विकासको मार्ग तय गराईन्छ । यसरी काँचो माटो झैं विध्यालयमा प्रवेश गरेको वालकलाई त्यहाँ बाट एक परिपक्व, सभ्य तथा विकसित प्रोढका रुपमा तयार गरी उच्च शिक्षाको ढोकामा प्रवेश गराईन्छ । यी र यस्तै कर्म, मर्म र धर्मको नाम नै शिक्षक हो । ल भन्नुहोस त, विध्यालयतहको शिक्षण पेशा सबै पेशाहरुको जननी पेशा हैन र ?

शिक्षा संकायमा पढ्नेहरुलाई भावि शिक्षक तथा शिक्षा प्रशासकका रुपमा तयारी गराउँदछ शिक्षकले । बिज्ञान संकायमा पढ्नेहरुलाई भावि चिकित्सक, बैज्ञानिक, ईन्जिनियर, आदिका लागि तयारी गराउदछ, आदि, आदि………….

विध्यालय तह नै हो जसले हरेक विध्यार्थीको छेमता, तत्परता तथा आवश्यकताका आधारमा उच्च शिक्षाको मार्ग तय गर्दछ । विध्यालय तहका शिक्षकहरुले पढाएको ज्ञान तथा निश्पक्ष रुपमा गरेको मूल्यांकनका आधारमा नै कुन विध्यार्थी भविश्यमा शिक्षक बन्ने, कर्मचारी बन्ने, डाक्टर बन्ने, पाइलट बन्ने, इन्जिनियर बन्ने, आदि कुराको छेमता राख्दछ र अभिभावकहरुले सोहि बमोजिम उच्च शिक्षामा भर्ना गराउने गर्दछन । ल भन्नुहोस त, उच्च शिक्षामा अध्यापन गराउने जिम्वेवारी कसको हुन्छ ? शिक्षककै हैन र ? हो, पक्कै पनि । स्वभावैले हरेक व्यक्ति सँग सिक्न सक्ने छेमता कम वा बढी जे जति भए पनि जन्मजात नै ल्याएर आएको हुन्छ, म मान्छु । तर, त्यो छेमतालाई प्रयोगमा ल्याइ ब्यवहारमा परिणत गरिदिने काम शिक्षककै हैन र १ यसमा असहमत हुने कुनै ठाउँ नै छैन । विध्यालय तहमा जस्तै उच्च तहमा पनि विध्यार्थीको शैक्षिक विकासका लागि शिक्षकले हर तरहका प्रयास गर्दछ । शिक्षा संकायमा पढ्नेहरुलाई भावि शिक्षक तथा शिक्षा प्रशासकका रुपमा तयारी गराउँदछ शिक्षकले । बिज्ञान संकायमा पढ्नेहरुलाई भावि चिकित्सक, बैज्ञानिक, ईन्जिनियर, आदिका लागि तयारी गराउदछ, आदि, आदि । यस बाट प्रष्ट हुन्छ कि शिक्षक बिनाको समाज र विविध पेशाकर्महरुको समाजको अवस्थिति कल्पना समेत गर्न सकिदैन । त्यसैले म पुनः भन्छु, शिक्षण पेशा आम पेशाहरुको जननी नै हो, मातृ रुप नै हो, सवै भन्दा जेठो पेशा नै हो । त्यसैगरी शिक्षकहरु समाजका प्रतिविम्व हुन । सवै पेशाकर्मका जन्मदाता हुन । तपाइ हाँमीले शिक्षण पेशालाई जननी पेशा र शिक्षकलाई हरेक पेशाकर्मको जन्मदाता भनिरहँदा हाम्रो आफ्नै काम, कर्तव्य, आचरण, ब्यवहार, सँस्कार, आदिका बारेमा समेत चिन्तन, मनन र चासो पूर्वक चिन्ता गर्न आवश्यक ठानेको छु । भनिन्छ, शिक्षा समाजको ऐना हो, यसले समाजलाई प्रतिविम्वित गर्ने काम गर्दछ । यसर्थ, कुनै पनि समाज कस्तो छ भन्ने कुरा त्यो देशको शैक्षिक अवस्था हेर्दै प्रष्ट हुन्छ । शैक्षिक अवस्था राम्रो भए समाज पनि सभ्य, सुसँस्कृत र विकसित हुन्छ । शैक्षिक अवस्था नै कुरुप भए समाज पनि अपेक्षाकृत तवरको हुदैन । शैक्षिक अवस्थाको मुख्य सम्वाहक नै शिक्षक भएकाले उ आफैमा परिष्कृत, सभ्य, सालिन, गुणवान, योज्ञ, अनुभवी तथा सम्यम हुनु जरुरी छ । कार्यरत हिसावले शिक्षक निम्न, मध्यम वा उच्च जुनसुकै तहको किन नहोस उ आफ्नो काम तथा कर्तव्य प्रति सदैव सजग र सहज हुनुपर्दछ । पहिलो कुरा त शिक्षक सामाजिक हुनुपर्यो, मिलनसार हुनुपर्यो । उसले समुदायमा सम(भावका साथ व्यवहार गर्नु पर्दछ ताकि उसका हरेक क्रियाकलापहरु अरुका लागि अनुकरणीय हुन सकुन । उ एक नेता पनि भएकाले सामाजिक सुधारका लागि समेत सदैव अग्रसर हुनु पर्दछस ताकि समाजमा केहि समस्या आईपर्यो कि सोको निराकरणका लागि पहिलो पाइला शिक्षकले चालोस । त्यसैगरी विध्यालय पनि एक समुदाय भएका कारण त्यो खालको सहजिकरण उसले कक्षाकोठा भित्र र वाहिर पनि गर्नु पर्दछ । एउटै कक्षाकोठा भित्र सामाजिक(साँस्कृतिक, वैयक्तिक तथा भाषीक विविधता सहितका शिक्षार्थीहरु सहभागि हुने भएकाले तत् कुराको मनन सहित सफल शिक्षण अभ्यासको थालनि गर्न सक्नु पर्दछ । शक्षकले प्रदर्शन गर्ने व्यवहार, आचरण, आदिको देखासिकि विध्यार्थीले गर्ने भएकाले विध्यालय हाता भित्र तथा बाहिर उसका सम्पूर्ण आनिवानिहरु सामाजिक रुपमा स्विकार गरिने खालका हुनुपर्दछ । अन्यथा, शिक्षक शिक्षक जस्तो हुन सक्दैन र उसले अवलम्वन गर्ने पेशाकर्मको मर्म समेत मरेर जान्छ । अर्को कुरा, शिक्षक अध्ययनसिल हुनुपर्दछ । विश्व दुनियाँ अहिले सूचना तथा प्रविधि तर्फ उन्मुख छ । दिनप्रतिदिन नविनतम ज्ञानको पदार्पण भइरहेको छ । यी र यस्तै कुराहरु पाठ्यक्रममा समेट्दै हाम्रो शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समायोजित गर्दै जानु आजको वाध्यता छ । नविनतम ज्ञानविज्ञान सँग समायोजन हुन स्वयम शिक्षक पनि अपडेटेड हुन आवश्यक छ । त्यसैले शिक्षक नियमित रुपमा अध्ययनसिल हुनु पर्दछ भन्न खोजेको हो । नेट इन्टरनेट तथा सामाजिक संजालको सर्वव्यापि पहुँच सँगै विश्वव्यापि ज्ञान अहिले एउटा मोबाइलमै अवलोकन गर्न सकिने भएको छ । शिक्षक हुन वा विध्यार्थी, धनि हुन वा गरिव, आदि आदि, जो कसैले पनि खुला रुपमा ज्ञानविज्ञान सँग सहज रुपमा खेल्ने अवसर पाएका छन । अझैं भनौ, आजभोलि त प्रविधि सँग शिक्षक भन्दा विध्यार्थीहरु बढी निकटष्त रहेका देखिन्छन । यो कुरा एउटा अमुक र अध्ययनमा चाँसो कम हुने शिक्षकका लागि निकै चुनौतिपूर्ण छ । कारणबस, त्यस्ता शिक्षकहरु कक्षाकोठा भित्र टिक्न नसक्ने तथा क्लासरुम फोविया भइ विध्यार्थीहरु बाट बहिस्कृत समेत हुनु पर्ने अवस्था छ । यस्तो बेला सोचौ त १ हामी शिक्षकहरु पेशागत इज्जत थेग्न सक्छौ कि नाई रु सोचनीय कुरा हो यो । त्यसैले हामीले नियमित जसो अध्ययनसिल हुन आवश्यक छ । अर्को महत्त्वपूर्ण कुरा समेत ध्यान दिउ । हामी शिक्षक अरुले उत्पादन गरेको ज्ञानलाई प्रसारण गर्ने माध्याम मात्रै हैनौं, नयाँ ज्ञानको सिर्जनाकार पनि हुन सक्नु पर्दछ । यसका लागि हामीमा पहिलो कुरा इच्छ्या शक्ति हुनु पर्दछ, दोस्रो कुरा हामी उत्सुक र तत्पर पनि त हुनु पर्यो नि । मैले यहाँ जोडन खोजेको कुरा ुअनुसन्धान प्रकृयालाई शिक्षकु सँग हो । अहिलेको अवस्थालाई मिहिन ढंगले विश्लेषण गर्दा मैले के पाएको छु भने विध्यालय तहका शिक्षकहरु ुएक्सन रिसर्चु मा मात्र व्यस्त छन तै पनि ुकपि र पेस्टु प्रकृतिकोमास भने उच्च तहमा प्रायः सहरबजारका शिक्षकहरु केहि मात्रामा अनुसन्धानमा व्यस्त रहेका भएता पनि दुर्गममा यो प्राय नगण्य मात्रामा छ । तर, विकसित देशहरुको कुरा गर्ने हो भने त्यहाँ हरेक महिना जसो शिक्षकहरु अनुसन्धान कार्यमा व्यस्त हुन्छन र ती कर्महरुलाई आवधिक रुपमा आयोजना गरिने सेमिनार, कन्फेरेन्स, सभा, आदिहरुमा प्रस्तुत गर्ने र विमर्शहरु गरी निष्कर्शमा पुग्दछन । त्यति मात्र हैन, हामीकहाँ हुने आन्तरिक बढुवाका अमुक अनुभव बर्षका आधारमा गरिन्छ भने विकसित देशहरुमा शोध तथा अनुसन्धान र आर्टिकल छपाई लगायतका आधारमा गरिन्छ । यसले बुझाउछ, हामी र हाम्रो शिक्षा प्रणाली कहाँ छ र कस्तो छ भन्ने कुरा । त्यसैले हाम्रो शिक्षा पेशालाई मर्यादित गर्न हामी आफै अव अनुसन्धानमुखी बन्नै पर्छ, बनौं पनि ।

हाम्रो शिक्षा प्रणालीलाई राज्य पक्षले कत्तिको स्थान दिदै आएको छ । अहिले सम्मको अवस्था हेर्दा राज्य पक्ष देशको शिक्षाको विकास प्रति निकै अनुदार भएर अगाडि वढेको देखिन्छ । अझै भनौं, शिक्षा क्षेत्रलाई राजनीतिको अखडा बनाइएको छ । मानौं हामी शिक्षकहरु राजनीतिक दलहरुका लागि गाउँ गाउँमा बसेर प्रचारप्रसार गर्ने अघोसित कार्यकर्ता हौं ।

अर्को महत्त्वपूर्ण कुरा के छ भने हाम्रो शिक्षा प्रणालीलाई राज्य पक्षले कत्तिको स्थान दिदै आएको छ । अहिले सम्मको अवस्था हेर्दा राज्य पक्ष देशको शिक्षाको विकास प्रति निकै अनुदार भएर अगाडि वढेको देखिन्छ । अझै भनौं, शिक्षा क्षेत्रलाई राजनीतिको अखडा बनाइएको छ । मानौं हामी शिक्षकहरु राजनीतिक दलहरुका लागि गाउँ गाउँमा बसेर प्रचारप्रसार गर्ने अघोसित कार्यकर्ता हौं । हाम्रो दायित्त्व कार्यक्रम हुँदा चन्दा दिन, चुनाव हुँदा प्रचारप्रसार गर्ने र फर्सदमा पढाउने लेखाउने मात्रै हो । यहि सोच र चिन्तनका कारण हामी दिनप्रतिदिन धुमिलिदै गएका छौं । हाम्रो पेशा राज्यका दोस्रो दर्जाका नागरिकले गर्ने कर्मका रुपमा चित्रित हुदै गएको छ, र हामीले अपमानजनक तवरले गुम्सिएर काम गर्नु परिरहेको छ । यस बारेमा हामीकहाँ गहन रुपमा छलफल नै भएनन, न शिक्षक भित्र न त राजनीतिक वृतमा नै । राजनीतिक हस्तक्षेप प्राइभेट स्कूल्कलेजमा अलि कम हुँदा त्यहाँ शैक्षिक गुणस्तर केहि मात्रामा भए पनि कायम रहेको देखिन्छ, तर सरकारी शैक्षिक संस्थाहरुमा यो निकै दयनीय अवस्थामा छ । स्थानीय तह मातहतमा शिक्षा आए संगै शिक्षाको अवस्था तथा शैक्षिक प्रशासन झन फितलो हुँदै गएको आभास हुन थालेको छ । अव राज्य पक्ष तथा सरोकारवाला निकायले मिहिन तवरले छलफल्वहस चलाउनै पर्ने देखिन्छ । अन्तमा, हामी शिक्षक कर्मसिल बनौं । सूचना तथा प्रविधिको यो दुनियाँमा हामी आफैलाई समायोजित गर्दै नविनतम ज्ञानको खोजिमा लागौं, विध्यार्थीलाई पनि सोहि मार्गमा डोर्याउदै लैजाउ । पक्कै पनि, राजनीतिले हामीलाई संकुचित पारेको छ । हामीलाई स्वतन्त्र तवरले छनोट गर्न सक्ने संबैधानिक अंगको अहिले सम्म जोहो भएको छैन । गाउँगाउँमा बसेर दलगत राजनीतिको पहरेदार बन्नुपर्ने बाध्यताले अझैं छोडेको छैन । प्रोत्साहन जगाउने खालका सेवासुविधाहरु बाट शिक्षकहरु अझैं बन्चित छन, आदि, आदि । यी र यस्तै मामिलाका बारेमा राज्यपक्षले गहन ढंगले सुविचार नगरे सम्म न समाजको जेठो भनिएको पेशाको इज्जत नै कायम हुनेछ न त कार्यरत शिक्षकको नै । शिक्षकले नै उत्पादन गर्ने विविध पेशाकर्मीहरु जस्तै इन्जिनियर, डाक्टर, पाइलट, चिकित्सक, न्यायाधिश, पत्रकार, शिक्षक, आदि समेत संख्यात्मक भए पनि गुणात्मक हुन सक्ने छैनन । फलस्वरुप, हाम्रो समाज यथास्थितिमा रहिरहने निश्चित छ । त्यसैले, यसबारेमा सबैले सोचौं । (यस लेखका लेखक एल बि बोहरा जयपृथ्वी बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन। हामीले यस लेखको नाम  ‘तमाम पेशाहरुको जननी शिक्षण पेशा र यथार्थता ’ राखेका छौं । दुर्गम हिमाली जिल्ला बझाङमा प्राध्यापन गदै नेपालको अहिलेको शिक्षा क्षेत्र र बर्तमान परिवेशका बारेमा  एक युवा उप -प्राध्यापकको विश्लेषण निकै रोचक  छ। हामी उनका थप लेखहरुलाई धारावाहिक रुपमा प्रस्तुत गर्दै जानेछौं । – सम्पादक)