टेक सिंह भाट – योजना, अनुगमन र मूल्याङ्कन अभ्यासकर्ता
२०७२ सालको विनाशकारी भूकम्पको प्रत्यक्ष अनुभव गरे सँगै त्यसको मानवीय सहायता, राहत, प्रतिकार्य र पुनर्निर्माणमा सिन्धुपाल्चोकमा रहेर काम गर्ने र धेरै सिक्ने अवसर प्राप्त गरे। काम गर्ने क्रममा भुकम्पबाट आफन्तजन र घरबार गुमाएका थुप्रै मानिसहरु कठीन अवस्थामा बाचिरहेको देखियो। त्यसबेला देखी नै मेरो मनमा भुकम्पिय विपदको कल्पना गर्दा पनि एक किसिमको चिसो र डर लाग्ने गरेको छ । मेरो गाउँ र घरतिर यस्तो भूकम्प र प्रकोपको सामना गर्नु पर्याे भने के होला ? भन्ने चिन्ताले सधै जसो मनमा डेरा जमाइरहेको हुन्छ । यस्तो चिन्ता स्थानिय सरकारका जनप्रतिनिधी र पालिकाका लाई पनि होला । यद्यपी भुकम्पको जोखिमकम गर्न तर्फ पालिकाहरुले ठोस कदम चालेको र योजनाहरु केन्द्रित गरेको देखेको छैन ।
खासगरी मेरो आफ्नो गाउँपालिका डडेल्धुराको भागेश्वर पनि भुकम्प लगायत विपदको जोखिममा रहेको तर जोखिमको सामना गर्ने कुरामा यथेस्टतयारीहरू नभइरहेको देख्दा दुःख लाग्छ । त्यही सन्र्दभमा मैले यहाँ मेरो पालिकालाई भनेर केही सुझाव सार्वजनिक रुपमा लेखेको हुँ । यो कुरा अन्य पालिकालाई पनि काम लाग्न सक्छ । तपाईहरुले अहिले बझाङ, जाजरकोट, रुकुम लगायत अन्य जिल्लाहरुगएको भूकम्पको धक्काहरू पक्कै महसुस गर्नुभयो होला। भुकम्प पछिको जाजरकोट, रुकुम र बझाङको अवस्था पनि देख्नु भयो होला । त्यो अवस्था कुनै दिन हाम्रो पालिकामा नआउला भन्न सकिन्न । अहिलेका घटनाबाट पाठ सिकेर केही कुराहरूमा तयारी गर्न सक्यौ भने भविश्यमा हुन सक्ने सम्भावित विपदबाट धेरै जनधनको क्षति कम गर्न सकिन्छ । तथापी यो बारे स्थानिय सरकारको चासो र चिन्ता खासै देखिदैन ।हाम्रो पालिका विपद प्रति कत्तिको संवेदनशिल छ रु सक्रियता र तयारीहरू कस्ता छन्रु भन्ने कुराहरू जान्न तलका विषयमा के प्रगती भएको छ भनेर एकपल्ट घोत्लिन जरुरी छ । जिम्मेवार र भविश्यदर्शी भएर यि काम गर्न सुरु ग¥यौ भने सम्भावित प्रकोपहरूबाट हुनसक्नेक्षतिहरू कम गर्न सकिन्छ भन्ने लागेर विपद जोखिम कम गर्न केही सुझाव यहाँ पेश गरेको छु ।
१. पालीकाको मुख्य प्रकोपहरू र सङ्कटहरू के के हुन भनेर पहिचान गरी विपद् व्यवस्थापन तयारी तथा विपद् प्रतिकार्यको सन्दर्भ विशिष्टयोजना बनाउने र परिस्थिती र समय अनुसारत्यसको अद्यावधिकगरिरहने,
२. पालिका स्तरीय विपद् व्यवस्थापन समिति, वडा स्तरीय विपद् व्यवस्थापन समिति र समुदाय स्तरीय संयन्त्र कस्तो छ रु कति सक्रिय छ रु भनेर सुनिश्चितता गर्ने यो सँगै समय समयमा छलफल र तालिमहरू सञ्चालन गर्ने ।
३. पालिका, नगरपालिका, समुदायसँग आपत्कालीन कोषहरूको व्यवस्था के रहेको छ रु छैन भने कसरी जुटाउन सकिन्छ भनेर प्रयासहरू गर्ने ।
४. भूकम्प जस्तो प्रकोपको लागि महत्त्वपूर्ण कुरा पालिकामा बन्ने भवनहरूकोसंरचना कस्तो अवस्था छ रु घरहरू बनाउँदा पालिकाको सहमति लिने, नक्सा पास गर्ने र घर बनाउने मिस्त्रीहरूलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिने कुरा एकदम अपरिहार्य र नगरिनुहुने काम हो । पालिकाले यसमा ध्यान दिने र नियमन गर्न जरुरी छ ।
५. अर्को महत्त्वपूर्ण कुरा, प्रकोप आउनु भन्दा पहिले नै पालिकाले समुदाय स्तरमा जानकारी तथा सतर्कता दिने संयन्त्र, आपत्कालीन उद्धार, राहत र सामग्रीहरूको भण्डारण, व्यवस्थापन के छ रु कसरी गर्ने भनेर योजना गरेको छ भन्ने कुरा सुनिश्चित हुन एकदम जरुरी छ।
६. सम्भावित आउन सक्ने प्रकोपहरू, ती प्रकोपहरू व्यवस्थापनहरूमा जनप्रतिनिधि, समुदायहरू र आम सर्वसाधारणहरू कति जानकार छन् भन्ने कुराहरूको पनि सुनिश्चितता गर्ने र आपतकालिन अवस्थामा जनशक्ती परिचालन गर्ने योजना पनि पहिले नै तयार गर्नु पर्छ ।
७. विपदको घटना भैसके पछि घटनामा परेका व्यक्ती र समुदायलाई दिर्धकालिन रुपमा विपद सुरक्षित कसरी बनाउन सकिन्छ भनेर योजनाबद्ध ढंगले पुर्न निर्माण र पुर्नस्थापनाका काम गर्ने प्रणालीको विकास गर्न आवश्यक छ ।
विपदको रोकथाम, प्रतिकार्य गर्नका लागि धेरै काम र कुराहरू छन् तर कम्तीमा यी कुराहरू मात्रै पनि सुनिश्चित गर्न सकेमा पालिकास्तरमा धेरै हद सम्म क्षति काम गर्न सकिन्छ । जनप्रतिनिधीहरुले विपदको घटना भैसके पछि दाताहरुलाई सहयोगको लागि गुहार्नु भन्दा योजनाबद्ध ढंगले काम गर्न सके विपद हुँदा पनि न्युन क्षतिमा सिमित गर्न सम्भव छ ।