बझाङका एमाले नेता रोकायाको निधन

साइपालखबर संवाददाता
बझाङ । कोरोना संक्रमणका कारण एमाले नेता एवम् खप्तड क्षेत्र पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । उनको प्रादेशिक अस्पताल डडेल्धुरामा उपचारको क्रममा निधन भएको हो ।

संक्रमण निको नभएपछि काठमाण्डौ लैजाने तयारी गर्दै गर्दा उनको बुधबार दिउसो निधन भएको हो । दुइ हप्ता अघि संक्रमण पुष्टी भएका रोकायालाई जिल्ला अस्पतालमा उपचार हुन नसके पछि डडेल्धुरा रिफर गरिएको थियो ।

त्यहा“ उपचार सम्भव नभएपछि काठमाण्डौ लैजाने तयारी गर्दै गर्दा उनको बुधबार दिउसो निधन भएको हो । नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका रोकाया पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको बोर्ड सदस्य थिए ।

जिल्लामा इमान्दार र भद्र नेताको छवि बनाएका उनी हाल एमालेमा देखिएको विवादमा पनि मध्यमार्गी धारमा रहेका थिए । २०७४ सालमा भएको स्थानिय तह निर्वाचनमा खप्तड छान्ना गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी समेत रहेका रोकाया खप्तड छान्ना गाउँपालिकामा लोकप्रिय समाजसेवीको रुपमा पनि परिचित थिए ।

रोकायाको परिवारमा आमा बुवा, श्रीमती, दुइ छोरा र एक छोरी छन । उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक असल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाअध्यक्ष भिम रोकायाले बताए ।