पत्रकार वसन्तप्रताप सिंह कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

साइपालखबर संवाददाता

धनगढी । कान्तिपुर दैनिकका लागि बझाङ संवाददाता वसन्तप्रताप सिंह सम्मानित भएका छन् ।

पत्रकारिताको माध्यमबाट विकास र सामाजिक रुपान्तरणमा योगदान पु¥याएको कदर स्वरुप नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशसमितिद्धारा स्थापित कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

पत्रकार महासंघ प्रदेश समितिले शुक्रबार धनगढीमा सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मानित गरेको हो ।

उनी हिमाली जिल्ला बझाङमा बसेर डेढदशकयता अनवरत रुपमा कलम चलाउदै आएका छन् ।

बिशेषगरी विकास, सुशासन, पारदर्शिता, जवाफदेहिता, मानवअधिकार, पर्यटनको क्षेत्रमा कलम चलाउदै आएका उनी खोजी समाचार तथा फिचर लेख्छन् ।