संघर्षले डोर्याएको बेग्लै संसार : अनि एयर होस्टेस बन्न छ्वालीको काम गरे

सगरमाथा चढ्न हिडेको पर्वतारोही बेसक्याम्प नै नपुगी बाटो मै अलपत्र परेझै भएकी थिए म । मैले असफलतालाई परिभाषित गर्नुपर्दा आफुले राखेको लक्ष्य भेटाउन नसक्नु हो । सुम्निमा गिरी सुम्निमाको साइपाल डायरी : रातको करिब साढे बाह्र बजिसकेको थियो । आँखामा भने फिटिक्कै निन्द्रा थिएन । शरिर पुरै शिथिल थियो । मुटुको धड्कन यति बढेको थियो […]

Continue Reading

बझाङ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने

साइपालखबर संवाददाता बझाङ । जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन प्लान्ट स्थापना गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र गम्भिर प्रकृतीका विरामीको उपचारमा प्रयोग गरिने एचडियु (हाई डिपेन्डेन्सी युनिट) बेड स्थापनाका लागि बजेट विनियोजन गरे पछि यो सम्भव भएको हो । स्वास्थ्य मन्त्रालयले यो कामको लागि जिल्ला […]

Continue Reading

प्रत्यक्षमा जिताउने बझाङ्गीका लागि किन गुमनाम भइन् सांसद मल्ल

मकरराज धामी प्रत्यक्षतर्फ निर्वाचित सुदुरपश्चिमकै एक्लो सांसद महिला देवकी मल्ल प्रदेशसभा प्रवेशसंगै भारी मत दिएर जिताउने बझाङ्गीका लागि गुमनाम ।  बझाङ । भनिन्छ, ईतिहास संघर्ष गर्नेहरुको लेखिन्छ । तर कतिपय संघर्षशील पात्रहरु बीचैमा गुमनाम भैदिन्छन् । गरिबी, अभाव, अन्याय र शोषण विरुद्ध निरन्तरको संघर्षशिल यात्राको बीचैमा गुमनाम भएकी छन् सांसद देवकी मल्ल । उनी हाल […]

Continue Reading

यार्सा संकलन क्षेत्रमा फोहोर व्यवस्थापन, चिटिक्क बन्दै साइपाल

सत्यराज सिंह बझाङ । साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । साइपाल गाउँपालिकाको आयोजना साहारा नेपालको सहकार्यमा बझाङको हिमाली क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्न सरसफाई अभियान सञ्चालन गरिएको हो । साइपाल गाउँपालिका भित्र पर्ने संकलनक्षेत्र औलागाड, राईढुंगी, माझा लगाएतका वनहरुमा फालिएका पुराना लुगाकपडा, जुत्ता, प्लास्टिक सिसाहरु लगाएत अन्य यार्सा संकलनकर्ताहरुले […]

Continue Reading

प्रधानमन्त्री ओली पदमुक्त

साइपालखबर संवाददाता काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको […]

Continue Reading

विश्वासको मत माग्ने नैतिक अधिकार छ प्रधानमन्त्री ज्यू ? – प्रचण्ड

साइपालखबर संवाददाता काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार दाबी गरेका हुन् । ‘यो सदनले विश्वासको मत […]

Continue Reading
GETTY IMAGES

विवाहको २७ वर्षपछि बिल गेट्स दम्पतीले गरे सम्बन्धविच्छेद गर्ने निर्णय

काठमाडाैं । संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन्। एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने जनाएका छन्। माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्। उक्त जोडीले ‘धेरै विचार गरेर र आफ्नो सम्बन्धमा […]

Continue Reading

यात्रा संस्मरण : बाजुरा-कर्णाली

वसन्तप्रताप सिंह हामी सबैलाई थाहै छ, नेपाल कोरोना महामारीबाट अछुतो रहेन । झण्डै पाँच महिना लामो लकडाउन र निषेधाज्ञापछि देश न्युन नर्मलको अवस्थामा फर्कदै थियो । यही मौकामा छोपेर मैले ०७७ सालका अन्तिम दुई महिना घुमघाममा विताउने निर्णय गरें । यस बीच देशका विभिन्न १२ जिल्ला घुमे । यो भिडियोमा चाहीं कर्णाली सेरोफेरोलाई समेटेको छु […]

Continue Reading

१४ भाषा जान्ने चराको रोचक कथा

एक जना व्यापारी कामको दौरानमा अफ्रिका जान्छन् । त्यहाँ उनले थाहा पाउछन् कि १४ भाषा बोल्ने चरा किन्न पाइन्छ । तर मुल्य भने १ लाख डलर । उनी धनी थिए । त्यसैले उनले त्यस अजीव चरालाई अफ्रिकाको कोसेली स्वरुप किनेर पार्सल गरी घर पठाए । काम सकेर घर पुग्नासाथ उनले श्रीमतीलाई सोधे, ‘मैले अफ्रिकाबाट पठाएको […]

Continue Reading