बझाङमा मानसिक समस्या सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न

प्रदेश बझाङ मुख्य खबर विश्व समाचार सुदुरपश्चिम स्वास्थ्य / जीवन शैली

बझाङ : जिल्ला अस्पताल बझाङमा शुक्रबार मानसिक समस्या सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बझाङको समन्वय, विश्वस्वाथ्य संगठनको प्राविधिक सहयोग र जिल्ला अस्पताल बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा मनोरोग विशेषज्ञ डा. निराजन भट्टराई स्वास्थ्य परिक्षण गर्नुका साथै विरामीलाई परामर्श दिएका थिए ।

शिविरमा ५४ महिला र ४४ पुरुष गरि जम्मा ९८ जनाले मानसिक स्वास्थ्य सम्बन्धि सेवा लिएका छन ।

शिविरमा एन्जाइटी, डिप्रेसन, छारे रोग, कुलत, साइकोसिस र बालबालिकामा मानसिक सुस्तपनाको समस्या भएका विरामीले सेवा लिएको डा.भट्टराईले बताए ।

मानसिक स्वास्थ्य शिविर विस्वस्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको ११ गते नियमित संचालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *