रिदम सिंह, बझाङ । बृहत यौनिकता शिक्षा र किशोर किशोरी मैत्री सुचना केन्द्र व्यवस्थापन सम्बन्धी ३ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । दुर्गाथली गाउँपालिकाको आर्थिक सहयोग तथा भैरव मावि नमुना किशोरकिशोरी मैत्री सुचना केन्द्र र भैरवस्थान स्वास्थ्य चौकीको व्यवस्थापन तथा प्राविधिक सहयोगमा तीन दिनसम्म संञ्चालन गरिएको कार्यक्रम आज सम्पन्न भएको छ ।
किशोरकिशोरीहरुलाई किशोरकिशोरी मैत्री सुचना केनद्र मार्फत वृहत यौनिकता शिक्षा तथा दैनिक जीवनमा आवश्यक पर्ने अन्य शिक्षाको महत्व र त्यसको कार्यनवयनका लागी दुर्गाथली गाउँपालिकाका ६ वटा मावि विद्यालयका ६ जना शिक्षक र १२ जना किशोरकिशोरीहरुका लागी उक्त अभिमुखिकरण कार्यक्रम संञ्चालन गरिएको थियो ।
यूएनएफपिए बझाङले तालिमको पाठ्य समाग्री सहयोग गरेको उक्त कार्यक्रममा भैरव मावि झोताका साथी शिक्षक खगेन्द्र नाथ वियोगी, स्वास्थय कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र मिश्र, स्टाफ नर्स पार्वती विष्ट, र भैरवस्थान स्वास्थ्य चौकीका सिनियर अहेव नवराज जोशीले प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा दुर्गाथली गाउँपालिकाका सहभागी शिक्षकहरु तथा विद्याथीहरुले तालिममा सिकेका कुरालाई अध्ययन अध्यापनमा लागु गर्ने, आफ्नो विद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्रको स्थापना गर्ने तथा त्यसलाई संञ्चालनका लागी निर्देशिकामा आधारित रहेर व्यवस्थापन समिती गठन गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी ५ महिने कार्ययोजना समेत प्रस्तुत गरेको भैरव मावि झोताका साथी शिक्षक खगेन्द्र नाथ वियोगीले जानकारी दिनुभयो ।