बझाङ : नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाले शुक्रबार जयपृथ्वी नगरपालिका भित्रका विभिन्न ६ वटा विद्यालय र क्याम्पसहरुलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार लगायतका सामाग्री वितरण गरेको छ ।
बैंकले जयपृथ्वी बहुमुखी क्याम्पस, पाण्डु माध्यामिक विद्यालय, बालबिकास माध्यामिक विद्यालय, भवानी माध्यामिक विद्यालय, नमुना आधारभुत विद्यालय र भवानी आधारभुत विद्यालयलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार लगायतका सामाग्री वितरण गरेको हो ।
नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाका प्रबन्धक प्रकाश खड्काले बर्खायामको समयमा सरुवा रोगबाट बच्न विद्यालयका प्रधानाध्यापक र क्याम्पस प्रमुखलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाका प्रबन्धक प्रकाश खड्काले बैंकले बेला बेला यसरी नै सामाजिक कार्यमा हात हाल्दै आएको र आगामी दिनहरुमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक तथा क्याम्पस प्रमुखले पनि सामाग्री हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् । साथै असार २७ गतेबाट नेपाल बङ्लादेश बैंक र नबिल बैंकले एकीकृत कारोबार सुरु गर्न लागेकोमा पनि शुभेच्छा पनि प्रकट गरेका छन् ।
