बझाङ-नेकपा एमालेले विध्यार्थी राजनिति गरिरहेका ३० बर्ष मुनिका ५ जना विध्यार्थी नेतालाई बझाङमा पालिका प्रमुख देखि वडाअध्यक्ष सम्मको उम्मेदवार बनाएको छ ।
५ जना विध्यार्थी नेता मध्ये १ जना पालिका प्रमुख, १ जना उपप्रमुख र ३ जना वडाअध्यक्षका उम्मेदवार रहेका छन् । जसमा अखिलका केन्द्रिय सचिव लोकेन्द्र बहादुर सिंह (एलवी) खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका छन् ।
त्यस्तै केन्द्रिय सदस्य अमरराज जोशी बुंगल नगरपालिका उपप्रमुखको उम्मेदवार बनेका छन् । अखिलका सचिवालय सदस्य अमित महर,सचिवालय सदस्य लोकेन्द्र बोहरा र केन्द्रिय सदस्य प्रविन्द्र धामी वडाअध्यक्षको उम्मेदवार बनेका छन् ।
जसमा अमित महर जयपृथ्वी नगरपालिका वडानम्बर ७, लोकेन्द्र बोहरा जयपृथ्वी नगरपालिका वडानम्बर ८ र प्रविन्द्र धामी वडानम्बर ९ को वडाअध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

