रमेश केसी –बझाङ (रासस) बझाङको जयपृथ्वी नगरपालिका वडानम्बर ११ को वडा कार्यालयको नवनिर्मित भवनको एक कार्यक्रमका विच सोमबार उद्घाटन गरिएको छ ।
जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र बहादुर खड्काले उक्त भवनको रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै मेयर खड्काले भवनको संरक्षण रेखदेखमा स्थानियहरुले विशेष ध्यान दिनुपर्ने र वडानम्बर ११ को धामीलेक, पिठालेक, काप्रिकोट र डाँडागाउँ लगाएतका बस्तिहरुमा खानेपानीको अभाव भएका कारण १६ किलोमिटरको दुरीमा रहेको ठाउँबाट खानेपानी ल्याउने उदेश्यले निमार्णको काम अगाढी बडिरहेको र सुइल मयाना सडक खण्डलाई स्तर उन्नतिका लागी जयपृथ्वी नगरपालिकाले निर्णय गरि पठाएको समेत बताउनुभयो ।
भौतिक निर्माण संगसंगै मानविय विकास अगाडी बढाउनु पर्ने भएकाले त्यसमा समाजमा रहेका युवाहरुको अझै महत्वपुर्ण भुमिका रहनेमा समेत मेयर खड्काले जोडदिनुभयो ।
भवन निर्मााण भए संगै सेवाग्राहीलाई सेवा लिन तथा कर्मचारीहरुलाई कार्यालयका कामकाज गर्नसमेत सजिलो हुने जयपृथ्वी नगरपालिका उपमेयर जुना जाग्रीले बताउनुभयो ।
भवन उद्घाटन कार्यक्रमको समापन कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका वडानम्बर ११ का वडाअध्यक्ष केशव रोकायाले आफु वडामा जनप्रतिनिधीका रुपमा आइसकेपछी वडामा धेरै काम भएको र २०७९ बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनमा वडामा जनताहरुले सक्षम र योग्य व्यक्ति छान्ने र वडामा गर्न बाँकी रहेका कामहरुलाई समेत अगाडी बढाउने नेतृत्व ल्याउनुपर्ने बताउनुभयो ।