बझाङ-पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चैत २८ गते बझाङ आउने कार्यक्रम तय भएपछि नेकपा एमाले जिल्ला कमिटी बझाङ विभिन्न उपसमितीहरु गठन गर्दै प्रचार प्रसारमा खटिएको छ ।
अध्यक्ष ओली बझाङ आउने भएपछि बाहुली खोलामा रहेको निर्माणाधीन नयाँ बसपार्कमा मञ्चको व्यवस्थापन सुरु भएको छ । अध्यक्ष ओली नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बझाङ आउन लाग्नुभएको हो ।
उक्त कार्यक्रममा ५ सय जना स्वयंमसेवकहरुको व्यवस्थापन गरिने भएको छ । भने, राष्टिय तथा स्थानीय कलाकारहरुको पनि सहभागिता हुनुका साथै प्रस्तुती समेत देखाइने नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरले बताउनुभयो ।
