बहिनी बलात्कार गर्ने दाइ प्रहरीको फन्दामा

बझाङ समाचार सुदुरपश्चिम

बझाङ- बझाङमा आफ्नै बहिनी बलात्कारको आरोपमा सहोदर दाइलाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।

१२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा १९ बर्षिय दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण दाजुबहिनीकै नाम, ठेगाना भने प्रहरीले गोप्य राखेको छ ।

चैत्र ६ गते बेलुकी बालिका मेलामा घाँस काट्न जाने क्रममा बालिकाको आमा खेतमा पोस्रो (मल) फाल्न गएको मौका छोपी बालिकालाई छाना (गाइगोठमा) मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि लोभलालच देखाई बलात्कार गरेको र बलत्कार पछी बालिकालाई सोहि ठाउँ छोडेर पिडक भागेको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

आमा, छोरी घर फर्केपछी बालिकाले आफुलाई गाइगोठमा लिएर मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि बलात्कार गरेको कुरा आफ्नो आमालाई सुनाएपछी बालिकाको आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकि थिन् ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले खोजी गर्दा घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए ।

बालिका आमाको सहायतामा प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरीले स्वास्थ्य परीक्षण पछि बालिकालाइ हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइ आरोपीविरुद्ध मुद्धा चलाएको छ ।

बलात्कारको आरोप लागेका आरोपित दाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाइएको र थप अनुसन्धान भइरहेको समेत डिएसपी विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *