बढ्दो महंगी

प्रमाेद गिरी

आज हाम्रो देशमा अरू सामाजिक, शैक्षिक समस्या जस्तै महँगीले बढि उग्र र चर्को रूप लिएको छ । अहिले आम जनताको मुख्य समस्या हो—बढ्दो महंगी । महंगीका कारण दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, सागसब्जी, फलफूल, पेट्रोल आदि इन्धनको मूल्यले आकाश छुन थालेको छ । यसले मध्यम वर्गको घरेलु अर्थतन्त्रमा ठूलो गडबडी पैदा गरेको छ । आम जनता महंगीको भयले त्रसित छन् । यस क्रमा खाद्य सामग्री मात्र नभै शिक्षा, प्रविधि, स्वास्थ्य आदि सबै क्षेत्रमा मूल्यवृद्धि भएको छ जुन देश र जनताको हितप्रतिकूल छ ।

बर्तमान समयमा भएको मूल्यबृद्धिले जनताको ढाड भाँचेको छ र दैनिक जिबन धान्न कठिनाई उत्पन्न भएको छ । आज सर्बसाधारण जनताको जिबन दुख र बिलौना को पर्यायबाचीका रूपमा रूपान्तरित भएको छ ।

आज नेपाली जनता बढ्दो महँगीका कारण ठुलो संकटमा परेका छन् । महँगीले आज आकाश छोएको छ । बिजुली, दुध, पेट्रोल, परिवहन, शिक्षा, टेलिफोन आदिको मुल्यबृद्धिमा स्वयम् सरकार जिम्मेवार देखिन्छ । यसैगरी बजारमा बिक्रि हुने प्रत्येक उपभोग्य सामान को दरभाउ अनियन्त्रित रूपमा बृद्धि भइरहेको छ । मुल्यबृद्दि को अदृश्य शक्ति ले आफ्नो कब्जामा पारेको कुनै क्षेत्र बाँकि रहेको छैन। सबै क्षेत्र बढ्दो महँगीका कारण आक्रन्त बनेको छ ।

महंगी बढ्नुको कारण मध्यको एक मुल कारण निषेधाज्ञा पनि हो। हाल देशमा तरकारीतर्फ पनि कालोबजारी मौलाउँदो छ । ‘किसानबाट प्रतिकेजी ३० रुपैयाँमा ल्याएको सामान उपभोक्तालाई प्रतिपाउ २० रुपैयाँमा बेचिन्छ’ व्यापारीहरुले पनि ‘उपभोक्तालाई ठग्ने नै हो भन्ने प्रवृत्ति राखेको देखिन्छ ।’ मेहेनत गर्ने किसान पनि ठूला व्यपारीबाट ठगिएका हुन् ।

खाद्यान्नतर्फ निषेधाज्ञा अवधिमा मूल्य बढेरै आएकोले उपभोक्ता मारमा परेको छन। ‘दाल, चामल र तेलमा थोक मूल्यनै बढेको छ’, उनले भने, ‘उपभोक्तालाई बेच्दा झनै महंगो परेको छ ।’

बर्तमान समयमा मुल्यबृद्दि हुने अनेक कारणहरू रहेका छन् । यसका सम्बन्धमा अनेक पक्षबाट बिभिन्न कारणहरू प्रस्तुत गरेको देखिन्छ । सरकारी पक्षले अन्तरास्ट्रिय मुल्यबृद्धि लाई औँल्याएको छ भने बित्तिय संस्थाहरू ले मुद्रास्फीर्ति तिर सङ्केत गरेका छन् । उता राजनितिक पार्टि, नागरिक समाज र सर्बसाधारण जनताले मुल्यबृद्धिको कारण सरकार नै जिम्मेवार छ भनेका छन् । बस्तुत सरकारको दुर्बलताको कारण मुल्य नियन्त्रण हुन नसकेको हो भन्ने अधिकांश मानिसको धारणा रहेको छ । यसका अतिरिक्त मुल्यबृद्दि गराउने काममा व्यापारीहरूको अबसरबादिताको हात छ भन्ने मनिसहरूको पनि यहाँ कमि छैन ।

बढ्दो मुल्यबृद्दिको परिणामस्वरूप सर्बसाधरण जनतामा निरासाको कालो बादलले ढाकेको छ । जनताको मन कुँडिएको छ र सरकारप्रति उनीहरू आक्रोशित बन्न थालेका छन् । सरकार प्रतिको अबिश्वास ले अस्थिरता निम्तिने सम्भाबना बढ्दै छ । बास्तबमा मुल्यबृद्दि ले जनतामा उकुसमुकुसको स्थिति सिर्जना गरेको पाइन्छ । बढ्दो मुल्यबृद्धि ले जनतामा ठुलो समस्या सिर्जना गरेको छ । समयमै जिम्मेवार पक्षले ध्यान नदिएमा देशले विकराल स्थितिले सामना गर्नुपर्ने हुन्छ ।

त्यसैले सरकारले महंगी नियन्त्रणका लागि ठोस योजना बनाएर त्यसअनुसार काम गर्नुपर्छ । कम्तिमा पनि गरिबीको रेखामुनि रहेका जनताको जीवनयापनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । यसैगरी महंगी बढ्दै गयो भने देशको शान्तिसुरक्षा जोखिममा पर्ने कुरा नकार्न सकिंदैन । अभावको सिकार बन्नुपरेपछि मानिस जस्तोसुकै कदम उठाउन पनि तयार हुन्छ, सज्जन पनि चोर बन्छ तसर्थ त्यसको जड महंगीलाई बेलैमा परास्त गर्नु आवश्यक छ ।