होटल संचालक गिरिलाई मेयर हमालको धम्की

बझाङ –कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोप लगोको छ ।उनले राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको आरोप लागेको हो ।

होटलका संचालक गिरिकी छोरी कृतिमा गिरिका अनुसार नगरप्रमुख हमाल सहितका ४ जनाको समुह रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव दिइरहेको थिए ।राति १० बजेर १० मिनेट भएकाले आफूहको होटल बन्द भैसकेको र निषेधाज्ञामा रक्सी पनि नभएको बताएपछि नगरप्रमुख हमालले सुन्नै नसकिने फोहोर फोहोर गाली गलौच गर्दै उल्टै धम्की दिएको उनले बताइन् ।

“मेरो बुवाले धेरै आग्रह गर्नुभयो तपाई जस्तो मान्छेले यस्तो गर्नुभएन जानुहोस भन्दा पनि उल्टै मेरो बुवालाई पछि देखाउछु भन्न थाले ” उनले रुदै भनिन – “रातिको बेला यसरी जनप्रतिनिधि जस्तो मान्छे दादागिरीशैलीमा आएर तेरो होटेलको हालत के हुन्छ , तिमिहरुको होटेल सिल गर्दिन्छु भन्दै धम्की दिएका छन् ।”

उनले आफूले नगरप्रमुखलाई राम्रोसंग चिन्ने हुदाँ उनलाई चिनेपनि अन्य ब्यक्ति को हुन् सरकारी गाडी कसको भन्ने भने थाहा नपाएको बताइन् । उनको साथमा अत्तरिया कै एक होटेल ब्यबसायी र अर्का एक निजि बोर्डिङका संचालक समेत रहेको स्रोत को भनाई छ !

उनले जनताको सेवा गर्नका लागि जनताको भोटले जनप्रतिनिधि भएकाहरुको यस्तो हर्कतले आफु र आफ्नो समाज झनै असुरक्षित रहेको बताइन् ।अरु ठाउँवाट रक्सीले मात्तिएर आएर आफु र आफ्नो परिवारमाथि दमन गर्दै धक्की दिने नगरप्रमुख सहित उनीसंग भएका सबैलाई तुरुन्त कारबाहीको दायरामा ल्याउने उनले माग गरेकी छन् ।