पछिल्लो समय बझाङमा कोरोनाको परिक्षण शुन्यमा झर्यो: जिल्लाभर ३३ जना सक्रिय संक्रमित

समाचार

रिदम सिंह
बझाङ । पछिल्लो समय बझाङमा कोरोनाको परिक्षण शुन्यमा झरेको छ । समुदाय स्तरमा कोराना भइरस सक्रिय भएपनि कोरोना परिक्षण गराउनका लागी अस्पतालमा नआँउदा कोरोना संक्रमितको संख्या शुन्यमा पुगेको छ । दोस्रो चरणको कोभिडबाट संक्रमित हुदाँ जति मात्रामा जिल्लामा कोभिडका विरामीहरु चेक गराउन आउने गरेको भएपनि पछिल्लो समय चेक गराउन नआउने गरेको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क ब्यक्ति डा. मिलन खड्काले बताउनु भएको छ ।
एकातिर कामको सिजन भएको र धेरैजस्तो ब्यक्तिलाई कोभिड संक्रमण भएर निको भइसकेका हुनाले कोरोना संक्रमितको संख्या केही घटेको समेत डा. खड्काले बताउनु भयो । कोरोनासँग सम्भावित लक्षणहरु नदेखिएको खण्डमा कोभिड परिक्षण नगराउँदा पनि हुने उहाँँको भनाई रहेको छ ।
कामको सिजन भएकाले स्थानियहरुले हल्का विरामी भएपनि वास्ता नगर्ने गर्नाले पनि जिल्ला अस्पतालमा कोरोनाको परिक्षण गराउनेको संख्या घटेको हो । परिक्षण गराउनेहरुको संख्या कमभएपनि जिल्लामा अझै कोरोना संक्रमणको जोखिम कायमै रहेको डा. मिलन खड्काले बताउनु भयो । केही लक्षण देखिएको वा कोरोना लागेको आशंका लागेमा परिक्षण गराउन पनि उहाँले सवैमा अनुरोध गर्नु भएको छ ।
यसैवीच जिल्लामा पछिल्लो २४ घण्टामा एक जनाको पनि कोरोना परिक्षण भएको छैन भने १४ जना कोरोना संक्रमण मुत्त भएका छन् ।

संक्रमण जित्नेहरुमा खप्तड छान्ना गाँउपालिका का ४ र विथ्थडचिर गाँउपालिकाका १० जना रहेका छन् । यो सँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या एक हजार पाँच सय चालिस पुगेको छ भने, अव जिल्लाको साइपाल गाँउपालिकाका १ जना, तलकोट गाँउपालिकाका १९ जना, जयपृथ्वी नगरपालिकाका १ जना, खप्तड छान्ना गाँउपालिकाका ९ जना र विथ्थडचिर गाँउपालिकाका ३ जना गरी ३३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । बझाङमा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *