नेपाल भारत मैत्री संघ सुदुरपश्चिम प्रदेशको सहयोगमा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

साइपालखवर सम्वादाता
बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले पत्रकारहरुका लागी स्वास्थ्य सामाग्री वितरण गरेको छ । आज जिल्ला सदरमुकाम चैनपुरमा रहेका पत्रकारहरुलाई दोस्रो लहरको कोरोनाबाट सुरक्षित रहन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङल क्रियाशिल पत्रकारहरुलाई केएन ९५ मास्क र सेनिटाइजर वितरण गरेको हो ।
नेपाल भारत मैत्री संघ सुदुरपश्चिम प्रदेशको सहयोगमा ह्युमानिटी फाउन्डेशनका दिर्घराज उपाध्यायको पहलमा फ्रन्टलाइनमा रहेर समाचार सप्रेशण गर्ने पत्रकारहरुका लागी उक्त स्वास्थ्य सामाग्रीलाई हस्तान्तरण गरेको हो । ह्युमानिटी फाउन्डेशन बझाङ जिल्ला सदस्य पत्रकार बसन्त प्रताप सिंहले एक कार्यक्रमका विच ४० वटा सेनिटाइजर र १०० थान केएन ९५ मास्क नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गर्नु भएको थियो ।