बाढी पीडित राहत तथा पुनःस्थापनाका लागि मेलम्चीको अपिल

साइपालखबर संवाददाता
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पीडित राहत तथा पुनःस्थापनाका लागि मेलम्ची नगरपालिकाले अपिल जारी गरेको छ । शुक्रबार जारी अपिलमा मेलम्ची बाढी पीडित राहत तथा पुनःस्थापना कोष’ स्थापना गरेर सहयोगकको अपिल गरेको हो ।

बाढीबाट विस्थापित तथा संकटमा परेका परिवारलाई पुनःस्थापना गर्न र क्षति भएका संरचना पुनःनिर्माणका लागि नगरपालिकाले उक्त राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

सहयोग गर्न इच्‍छुक व्यक्ति, संघ संस्था, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तहहरुले नेपाल बैंक मेलम्ची शाखामा रहेको कोषको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा जम्मा गरिदिन नगरपालिकाले अपिल गरेको छ ।

असार १ गते हेलम्बु गाउँपालिका र मेलम्चीमा नगरपालिकामा आएको बाढी पहिरोले धनजनको क्षति भएको छ ।