बझाङमा ४ दिनदेखि लगातार वर्षा: सतर्कता अपनाउन प्रशासनको आग्रह

बझाङ

सत्यराज सिंह 
बझाङ –बझाङमा विगत ४ दिनदेखि निरन्तर पानी परिरहेको छ । मनसुन भित्रिएसँगै बझाङमा पनि पानी पर्न थालेको हो । अविरल वर्षाका कारण कैलाश बाहुली गाड, सेती नदि, र कालंगा नदिमा पानीको बहाव उच्च र जोखिमयुक्त रहेको छ । खोला नालामा पानीको बहाव बढ्दा जिल्लाका केही गाउँ उच्च जोखिममा परेका छन् ।
जसमा जयपृथ्वी नगरपालिकाका १ सय १६ स्थान, बुंगल नगरपालिकाका ५१ स्थान, साइपाल गाउँपालिकाका ११ स्थान, तलकोट गाउँपालिकाका २५ स्थान, मष्टा गाउँपालिकाका ५१ स्थान, सुर्मा गाउँपालिकाका १३ स्थान, छविसपाथिभेरा गाउँपालिकाका २२ स्थान, दुर्गाथलि गाउँपालिकाका १३ स्थान, खप्तडछान्ना गाउँपालिकाका २० स्थान, थलारा गाउँपालिकाका १० स्थान, केदारस्युँ गाउँपालिकाका ३४ स्थान, वित्थडचिर गाउँपालिकाका २९ स्थान गरि जिल्ला भर ३ सय ९५ स्थान जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांङकमा उल्लेख गरिएको छ ।
यसै बिच जिल्ला प्रशासन कार्यालय बझाङले नदी आसपासका क्षेत्रका बासिन्दाहरूलाई बर्षादका कारण अन्य विभिन्न जिल्लाहरुमा भएको बाढी, पहिरो, नदि कटान र डुवान जस्ता विपदका घटनाबाट जनधनको ठुलो क्षती पुर्याएका घटनालाई अवगत गराउदै, बझाङ जिल्लामा समेत बर्षादका कारण नदोहोरियलान भन्न नसकिने भन्दै ।
सो समयमा नदिखोला नजिक गई दाउरा, बालुवा, गिट्टि, संकलन, नदि खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिड्ने जस्ता संभावित विपदसंग संम्वन्धीत कुनै पनि काम कारबाही नगर्न तथा आवश्यक सतर्कता अपनाउन जिल्लाबासिलाई आग्रह गरेको छ । जोखिमका विषयमा जिल्ला प्रशासन कार्यालयले विभिन्न सरोकारवाला निकायहरूसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । साथै केही समस्या देखिएमा तत्काल प्रशासन कार्यालयमा जानकारी गराउन प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आग्रह गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *