बझाङ्गमा राखियो एमालेको बोर्ड

भुवनबहादुर सिंह
बझाङ्ग –सर्वोच्च  अदालतले एमाले ब्यूँताइदिएपछि  बझाङ्गको पानकोटमा रहेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । आज देश भर पार्टी कार्यालयमा एमालेको बोर्ड राख्न निर्देशन समेत दिइएको जनाएको छ । आइतवार सर्बोच्च अदालतले नेपाल कम्युनिष्ट्र पार्टी ( नेकपा) ऋषिराम कट्टेललाई  दिदै एमाले र माओबादी केन्द ब्यूँताइदिएको थियो । यस लगतै देशका विभिन्न जिल्लामा बोर्ड राख्न थालिएको हो ।