युवाकवि विमला तुम्खेवा र बरिष्ठ साहित्य साधक राजेन्द्र विमल सम्मानित

साइपाल खबर संवाददाता

काठमाडौं । बरिष्ठ साहित्य साधक डा.राजेन्द्र विमल प्रतिभा सम्मान र युवाकवि विमला तुम्खेवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाली साहित्यमा शसक्त याेगदान पुर्याएकाे भन्दै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार काठमाडौंमा सम्मान गरेको छ। विमललाई ५० हजार र तुम्खेवालाई एक लाख नगद सहित प्रमाणपत्रबाट सम्मान र पुरस्कार दिएकाे हाे।