दश शैयाको आइसोलेसन निर्माण

बझाङ सुदुरपश्चिम

बझाङ–जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर दुईले दश शैयाको आइसोलेसन निर्माण गरेको छ। विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोनाको जोखिमलाई कम गर्नका लागि जयपृथ्वी नगरको सत्यबादी मा.वि को भवनमा कोभिड आइसोलेसन केन्द्ध बनाएको वडा नम्बर २ का वडा अध्यक्ष विकास कुमार अयडीले बताए । उनले भने, गाउँपालिका भरि १९ जना संक्रमित भई सकेका छन् , वडा नंम्बर २ मा पनि २ जना संक्रमित निको भई घर फर्कि सकेका छन् , हामीले भविष्यमा आउन सक्ने जोसिमलाई मध्यनजर गदै आइसोलेसन बनाएको र यो गाउँपालिका भरिकै पहिलो आइसोलेसन भएको अध्यक्ष अयडीले बताए । बझाङमा आजको दिन सम्म संक्रमित हुनेको सख्या ४७४ रहेको  छ जस मध्य १९ जना छविसपाथिभेरा गाउँपालिका रहेका छन् ।
सघिय सरकारले तत्कालको लागि प्रत्येक स्थानियतहमा पाँचशैयाको कोभिड अस्पताल बनाउन १० लाख बजेट एक एमबिबिएस डाक्टर सहित दुई जना स्टाफ नर्सको दरबन्दि पनि पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *