रिदम सिंह, बझाङ । ७ औ संबिधान दिबसको पुर्वसन्ध्यामा दिप प्रज्वलन गरीएको छ । सदरमुकाम चैनपुरको चौराहामा नेपाल निजामती कर्मचारी संगठनले संबिधान तथा राष्ट्रिय दिवसको अबसरमा दिप प्रज्वलन गरेको हो । संगठनका जिल्ला अध्यक्ष दिनेश धामी अध्यक्षता सञ्चालन भएको दिप प्रज्वलन कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रकाश खड्का प्रमुख अतिथी रहनुभएको थियो ।
त्यसै गरी कार्यक्रममा संगठनका पुर्ब जिल्ला अध्यक्ष रामलाल जोशी लगाएत पत्रकार, बुद्धिजिबी लगाएको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश धामीले नेपाल को संबिधान २०७२ बिश्व कै उत्कृष्ट र समाबेशी संबिधान भएको बताउनुभयो । कयौ नेपालिको बलिदानबाट पाप्त भएको संबिधानलाइ सिरोपर राखी यसको कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभयो ।
साथै संबिधानले सबै नागरीकलाई समान हक, अधिकार र अवसरको व्यबस्था गरेकाले यो संबिधान उत्कृष्ट भएको अध्यक्ष धामीले बताउनुभयो । सँगठनका जिल्ला कार्य समिती सचिब मुकेश थापाले कार्यक्रम सँचालन गर्नुभएको थियो ।
