साइपालखवर, बझाङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बझाङले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सदस्य तथा सामुदायिक रेडियो सेरोफेरोमा कार्यरत पत्रकार सुरेश कुँवरको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार कुँवरको यही चैत न ४ गते शुक्रबार बुंगल नगरपालिकाको खिरातडी– झापा जोड्नेसडक खडकमा मोटरसाइकल दुर्घटनामा परि २५ वर्षको उमेरमा निधन भएको हो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बझाङका सचिव रिदम सिंहद्धारा हस्ताक्षरित वक्तब्यमा ‘पत्रकार कुँवरको निधनले बझाङ्गी पत्रकारिता क्षेत्रले एक लगनशील, जुझारु, उर्जावान पत्रकार गुमाउनुका साथै मिलनसार व्यक्ति गुमाएको उल्लेख छ । चौतारीले स्व. कुँवरप्रति श्रद्धाञ्जली अर्पण गदै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । स्व.कुँवरका श्रीमती, १ छोरा र एक छोरी रहेका छन् ।

