‘तिमिसंगका पलहरु’ म्युजिक भिडियो सार्वजानिक

मनोरञ्जन

साइपालखबर संवाददाता

काठमाडाैं । लोकप्रिय गायक, संगितकार तथा रचनाकार सत्य त्वयनाको बहुप्रतिक्षित गित ‘तिमिसँगका पलहरु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सडकमा सुन्तला विक्री गर्ने केटो, सम्भ्रान्त बर्गकी युवतीसँग प्रेममा परेको र धोका खाएको प्रसंग गित र भिडियोमा मार्मिक ढंगले समेटिएको छ ।

https://youtu.be/4MYbPMiSvmQ

जनवरी ३१ मा एमएस इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियो यो समाचार तयार पर्दासम्म ८ हजार भन्दा बढि पटक हेरिएको छ । आफ्नै शब्द, संगित र स्वरमा रहेको उक्त गितको अभिनयको मुख्य भुमिका पनि त्वयना आफै रहेका छन भने उनिसँगै मोडल अन्जु र अमृताको दमदार अभिनय पनि यसमा हेर्न सकिन्छ ।निकै लोकप्रिय हुने आसा गरिएको उत्त गितको एरेन्ज श्याम महर्जनले गरेका छन भने सिनेमाटोग्राफर मुकेस हुमागाईको टिमले भिडियोको छायाँकन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *